Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

नयाँबजार इलाका प्रहरी कार्यालयको भवन उद्धघाटन

नयाँबजार इलाका प्रहरी कार्यालयको भवन उद्धघाटन

  • राेशन काफ्ले
  • बुधबार, मंसिर २९ २०७८


नयाँबजार इलाका प्रहरी कार्यालयको भवन उद्धघाटन

नयाँबजार । इलामको माईजोगमाई गाउँपालिका–१ नयाँबजारमा इलाका प्रहरी कार्यालयको भवन उद्धघाटन गरिएको छ । डिभिजन वन कार्यालय इलामको सहयोगमा निर्माण गरिएको प्रहरी भवन गाउँपालिका अध्यक्ष जितबहादुर राईले रिवन काटेर भवनको उद्धघाटन गरे ।

इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरिक्षक देउप्रसाद लिम्बुको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष जितबहादुर राईको प्रमुख आतिथ्यता रहेको थियो । गाउँपालिका उपाध्यक्ष सावित्रा भट्टराई र प्रमुख प्रशासकिय अधिकृत भाग्वत प्रसाद रेग्मीको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै राईले जनताले शान्तिपुर्ण रुपमा बाँच्न पाउने अधिकार प्रहरीहरुबाट पुरा भएको बताए ।

उनले स्थानीय प्रशासनको पहलमा माईजोगमाईमा ३ वटा प्रहरी चौकी स्थापना गर्न सफल भएको भन्दै खुशी व्यक्त गरे । राईले प्रहरी कार्यालयलाई आवश्यक पुर्वाधारका लागि सधै गाउँपालिका तयार रहेको बताए । उपाध्यक्ष भट्टराईले वन कार्यालय र गाउँपालिकाको सहयोगमा निर्माण भएकाले थप आवश्यक कार्यक्रम र पुर्वाधारका लागि पहल गरिने बताइन् ।

प्रमुख प्रशासकिय अधिकृत रेग्मीले सुरुवाती चरण भएकाले जनताको प्रत्यक्ष सहभागितामा विकासका कार्यहरु अघि बढ्नु सकारात्मक भएको बताए । उनले वनको जग्गामा भवन बनिएको कारण जग्गा उपलब्ध गराउने कार्यालयलाई धन्यवाद दिए । कार्यक्रम समापन गर्दैै प्रहरी निरिक्षक लिम्बुले नयाँबजारमा भवन पाउँदा खुशी व्यक्त गरे ।

जनयुद्धका बेला प्रहरी चौकी ध्वस्त भएपनि अहिले भवन उद्धघाटन गर्न पाउँदा गर्व महसुस भएको बताए । उनले नयाँबजार नमुना इलाका प्रहरी प्रहरी कार्यालय बनाउन सवै लागि पर्न सुझाव दिए । भवन निर्माणमा सहयोग पु¥याउनेहरु लाई सम्मान गरिएको छ ।

६ लाख ४२ हजार ४ सय २७ रुपैयाको लागतमा भवन निर्माण सम्पन्न भएको हो । जसमा जनश्रमदानबाट ६६ हजार ४ सय २७ रुपैयाको काम भएको जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार