Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

साफ यु-१९ महिला फुटबल : आज नेपालले श्रीलंकाको सामना गर्दै

साफ यु-१९ महिला फुटबल : आज नेपालले श्रीलंकाको सामना गर्दै

  • सन्देश सम्वाददाता
  • बुधबार, मंसिर २९ २०७८


साफ यु-१९ महिला फुटबल : आज नेपालले श्रीलंकाको सामना गर्दै

काठमाडौं : बंगलादेशमा जारी साफ यु–१९ महिला फुटबल च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले आज श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र श्रीलंकाबीचको खेल बुधबार दिउँसो पौने ३ बजे ढाकामा हुनेछ। नेपाल पहिलो जितको खोजीमा मैदानमा उत्रँदैछ।

यसअघि नेपालले बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो। नेपाल १ खेलमा १ अंक जोडेर अंक तालिकाको चौंथो स्थानमा रहेको छ। श्रीलंका अंकविहीन रहेको छ। श्रीलंकाले २ खेलमा अंक जोड्न सकेको छैन। यसअघि श्रीलंका भुटान र भारतसँग पराजित भएको थियो।

च्याम्पियनसिपको तेस्रो खेलमा नेपालले भुटान विरुद्ध डिसेम्बर १७ र अन्तिम खेल भारतविरुद्ध डिसेम्बर १९ मा खेल्नेछ। राउन्ड रोबिनको आधारमा चलिरहेको प्रतियोगितामा पाँच टिमको सहभागिता रहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार