Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

समृद्धि नकाउट फुटबलको उपाधि तामाङ घेदुङलाई

समृद्धि नकाउट फुटबलको उपाधि तामाङ घेदुङलाई

  • सन्देश सम्वाददाता
  • मंगलबार, मंसिर २८ २०७८


समृद्धि नकाउट फुटबलको उपाधि तामाङ घेदुङलाई

फिक्कल । इलामको सूर्योदय नगरपालिका–९ रम्फोकमा सम्पन्न समृद्धि नकाउट फुटबल प्रतियोगिताको उपाधि तामाङ घेदुङ एफसीले जितेको छ । चन्द्र ग्राउन्डमा सम्पन्न फाइनल खेलमा न्यु भिजन फुटबल क्लबलाई ४–१ गोल अन्तरले हराउँदै तामाङ घेदुङले उपाधि जितेको हो ।

उपाधिसंगै तामाङ घेदुङले २ लाख रुपैया प्राप्त गरेको छ । उपविजेता न्यु भिजनले १ लाख रुपैया सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त ग¥यो । खेलको सुरुवातबाटै तामाङ घेदुङले दबाब बनाएको थियो । पहिलो हाफमा १ गोल गरेको बिजेता टोलीले दोश्रो हाफमा ३ गोल थप्यो । पहिलो हाफको १४ औ मिनेटमा विवेक राईले तामाङ घेदुङलाई अग्रता दिलाए ।

दोश्रो हाफको १३ औ मिनेटमा विवेकले अग्रता दोब्बर बनाए । २८ औ मिनेटमा सुमन राई र ३० औ मिनेटमा दिनेश राईले गोल गरे । दोश्रो हाफको इन्जुरी समयमा शेखर राईले न्यु भिजनका तर्फबाट सान्तवाना गोल फर्काए । प्रतियोगिताको उत्कृष्ट खेलाडी विजेता टोलीका दिनेश राई घोषित भए । उत्कृष्ट डिफेन्डर न्यु भिजनका सौभाग्य लिम्बु, सर्वाधिक गोलकर्ता न्यु भिजनकै शेखर राई, उत्कृष्ट गोलरक्षक तामाङ घेदुङका रोशन नेपाल र अनुशासित टोली सेभेन स्ट्राइकर सौरेनी भारत घोषित हुँदै मेडल, ट्रफी र नगद पुरस्कार प्राप्त गरे ।

त्यसैगरी भेट्रान तर्फ बिजयी बनेको कान्दुक फुटसलको टिम र उपविजेता मानेभञ्ज्याङलाई ट्रफी र नगद पुरस्कार प्रदान गरिएको छ । समृद्धि फुटबल क्लबको आयोजनामा मंसिर १५ गतेबाट सुरु भएको प्रतियोगिताम नेपाल र भारतका १६ टोलीको सहभागिता रहेको थियो । किसान तामाङको अध्यक्षतामा भएको समापन कार्यक्रममा सूर्योदय नगर प्रमुख रणबहादुर राईको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा वडा नं १० का वडाध्यक्ष पेमा उगेन लामा, वडा नं ९ का वडाध्यक्ष देवेन्द्र आचार्य लगायतको आतिथ्यता रहेको थियो । फुटबल प्रतियोगितालाई सम्पन्न गर्न भुमिका खेल्ने प्रायोजक, संचारकर्मी र अन्य सहयोगीहरुलाई प्रशंसापत्र र मायाको चिनो प्रदान गरिएको थियो । खेलकुदको माध्यमबाट पर्यटन प्रर्वद्धन गर्ने उद्धेशयका साथ प्रतियोगिता आयोजना गरिएको क्लबका मानविर लेप्चाले जानकारी दिए ।

https://www.facebook.com/Localsandesh/posts/1088902841651267

प्रतिक्रिया
सम्बन्धित समाचार