Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

माईजोगमाईमा आजबाट अध्यक्ष कप फुटबल

माईजोगमाईमा आजबाट अध्यक्ष कप फुटबल

  • राेशन काफ्ले
  • मंगलबार, मंसिर २१ २०७८


माईजोगमाईमा आजबाट अध्यक्ष कप फुटबल

नयाँबजार । इलामको माईजोगमाई गाउँपालिकामा आजबाट माईजोगमाई अध्यक्षकप सुरु हुँदैछ । माईजोगमाई गाउँपालिकाको आर्थिक सहयोगमा माईजोगमाई खेलकुद परिषदले आयोजनामा हुने प्रतियोगिताम नेपाल र भारतका ८ टिमको सहभागिता रहेको छ ।

बालाचर्तुदर्शीको पावन अवसरमा बालागुरु खेलमैदानमा हुने प्रतियोगितामा पहिलो खेलमा माईजोगमाई निलोले माई नगरपालिकाको सामना गर्न लागेको हो । प्रतियोगितामा माईजोगमाई निलो, माईजोगमाई रातो, माई नगरपालिका इलाम, रेडहर्स क्लब इलाम, पाँचथर फुटबल क्लब, गाडागल्ली इनोभेटिक सोसाइटी झापा, जनता सेभेन सूर्योदय र भारतको मानेभञ्ज्याङ एफसी सहभागि हुनेछन् ।

माईजोगमाई–१ नयाँबजारको बालागुरु खेलमैदानमा हुने प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले १ लाख सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको विधागत खेलाडीहरुलाई समेत नगद पुरस्कारको व्यवस्था गरिएको आयोजक माईजोगमाई खेलकुद परिषदका अध्यक्ष देवेन्द्र पौडेलले जानकारी दिए ।

प्रतियोगिताको फाइनल खेल मंसिर २५ गते हुनेछ । खेलकुदको माध्यमबाट गाउँपालिकाको प्रर्वद्धन गर्न प्रतियोगिता आयोजना गरिएको गाउँपालिका अध्यक्ष जितबहादुर राईले बताए । जिल्ला खेलकुद विकास समितिका पुर्व अध्यक्ष समेत रहेका राईले प्रतियोगिताको आयोजनाबाट गाउँपालिका क्षेत्रको प्रचारपसारमा सहयोग पुग्ने अपेक्षा राखिएको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार