फिक्कल । इलामको सूर्योदय नगरपालिका–९ रम्फोकमा जारी समृद्ध नकआउट फुटबल प्रतियोगितामा निर्भाना एफसी र तामाङ घेदुङ स्टार एफसी बिजयी भएको छ ।प्रि–क्वाटरफाइनलको अन्तिम खेलमा श्रीजंघा स्टार एफसी मोरङ अनुपस्थित भएपछि वाकओभर पाउँदै निर्भाना क्वाटरफाइनल प्रवेश गरेको छ ।
यस्तै पहिलो क्वाटरफाइनल खेलमा तामाङ घेदुङले कान्दुक होण्डा एफसीमाथी ४–१ गोल अन्तरको जीत दर्ता गर्दै सेमीफाइनल प्रवेश गर्न सफल रहयो । खेलमा अग्रता कान्दुकले लिएको थियो । तेश्रो मिनेटमा नै आकाश राईले सुरुवाती अग्रता दिलाएका थिए । दोश्रो हाफमा तामाङ घेदुङले ४ गोल गर्न सफल रहयो ।
३८ औ मिनेटमा बिबेक राईले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । ४० औ मिनेटमा दिनेश लिम्बुले गोल गरे । ५० र ५७ औ मिनेटमा सुमन योङहाङले गोल गरेपछि तामाङ घेदुङ सेमीफाइनल प्रवेश गर्न सफल रहयो । आज दोश्रो क्वाटरफाइनल खेलमा समृद्धि एफसी र भेनस एफसीबिच प्रतिस्पर्धा हुँदैछ ।