Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

समृद्धि नकाउट फुटबल : डिवाइपिसीलाई हराउँदै युनाइटेड क्वाटरफाइनलमा

समृद्धि नकाउट फुटबल : डिवाइपिसीलाई हराउँदै युनाइटेड क्वाटरफाइनलमा

  • सन्देश सम्वाददाता
  • आइतबार, मंसिर १९ २०७८


समृद्धि नकाउट फुटबल : डिवाइपिसीलाई हराउँदै युनाइटेड क्वाटरफाइनलमा

फिक्कल । इलामको सूर्योदय नगरपालिका–९ रम्फोकमा जारी समृद्धि नकाउट फुटबल प्रतियोगिताको प्रि–क्वाटरफाइनल खेलमा डिवाइपिसी झापालाई हराउँदै युनाइटेड एफसी आरुबोटे क्वाटरफाइनल प्रवेश गरेको छ । युनाइटेडले खेलमा ४–१ गोल अन्तरले जित निकालेको हो ।

खेलमा अग्रता डिवाइपिसीले लिएको थियो । खेलको चौथो मिनेटमा नै प्रितम राईले टोलीलाई अग्रता दिलाएका थिए । तर खेलको २१ औ मिनेटमा अमर राईले खेल बराबरीमा ल्याए । दोश्रो हाफमा आरुबोटेले थप ३ गोल गर्न सफल भयो । खेलको ४३ औ मिनेटमा विकाश थुलुङले अग्रता २–१ बनाए ।

एक मिनेट नवित्दै पिकेश लिम्बुले टिमको लागि तेश्रो गोल गरे । अन्तिम मिनेटमा पिकेशले व्यक्तिगत दोश्रो गोल गरेपछि आरुबोटेले क्वाटरफाइनलमा स्थान बनायो । प्रतियोगिता अन्र्तगत भोली सोमबार प्रि–क्वाटरफाइनलको अन्तिम खेलमा निर्भना एफसी र श्रीजंगा एफसी मोरङ बिच प्रतिस्पर्धा हुँदैछ । यी दुई टोलीबिचको खेलपछि क्वाटरफाइनल समिकरण पुरा हुनेछ ।

भोली नै पहिलो क्वाटरफाइनल खेलमा भोली (सोमबार) तामाङ घेदुङ एफसी र कान्दुक एफसी बिच प्रतिस्पर्धा हुँदैछ । तामाङ घेदुङले एमएफसीलाई ७–२ गोल अन्तरले हराउँदै क्वाटरफाइनलमा स्थान बनाएको थियो । यता कान्दुकले ३–१ गोल अन्तरले रोलिङ क्लबलाई हराएको थियो ।

प्रतियोगिताको बिजेताले २ लाख र उपविजेताले १ लाख रुपैया प्राप्त गर्ने जनाइएको छ । प्रतियोगिताका व्यक्तिगत विधा तर्फ उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, डिफेन्डर, गोलरक्षक र अनुशासित टिमलाई समेत पुरस्कृत गरिने छ । प्रतियोगिताको फाइनल मंसिर २८ गते हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार