फिक्कल । इलामको सूर्योदय नगरपालिका–९ रम्फोकमा जारी समृद्धि नकाउट फुटबल प्रतियोगितामा न्यु भिजन फुटबल क्लब तिनघरे क्वाटरफाइनल प्रवेश गरेको छ । आज सम्पन्न प्रि–क्वाटरफाइनल खेलमा छिमेकी देश भारतको सेभेन स्ट्राइकर फुटबल क्ल्ब सौरेनीलाई सडनडेथमा हराउँदै तिनघरेले क्वाटरफाइनलमा स्थान बनाएको हो ।
निर्धारित समयमा दुवै टोलीबाट १/१ गोल भएको थियो । टाइब्रेकरमा समेत बराबरी भएपछि सडनडेथबाट बिजेता छानिएको थियो । खेलको २० औ मिनेटमा सन्जोक थापाले पाहुना टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर खेलको ५२ औ मिनेटमा शेखर राईले खेल बराबरीमा ल्याए ।

यस्तै भोली (आइतबार) युनाईटेड फुटबल क्लब र डिवाईपिएफसी बिच खेल हुने छ । प्रतियोगिताको बिजेताले २ लाख र उपविजेताले १ लाख रुपैया प्राप्त गर्ने जनाइएको छ । प्रतियोगिताका व्यक्तिगत विधा तर्फ उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, डिफेन्डर, गोलरक्षक र अनुशासित टिमलाई समेत पुरस्कृत गरिने छ । प्रतियोगिताको फाइनल मंसिर २८ गते हुनेछ ।
