Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

नेकपा एमाले इलामको अध्यक्षमा बस्नेत

नेकपा एमाले इलामको अध्यक्षमा बस्नेत

  • लोकल सन्देश
  • शनिबार, मंसिर १८ २०७८


नेकपा एमाले इलामको अध्यक्षमा बस्नेत

इलाम । नेकपा एमालेको जिल्ला कमिटी अध्यक्षमा महेश बस्नेत चयन भएका छन् । आज बसेको एमाले जिल्ला कमिटी सचिवालय बैठकले इलाम नगरपालिका प्रमुख समेत रहेका बस्नेतलाई अध्यक्ष चयन गरेको हो । प्रदेश सांसद रामबहादुर मगर (राम राना) जिल्ला अध्यक्ष हुँदा बस्नेत सचिव थिए ।

अध्यक्ष राना १० औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएपछि जिल्ला कमिटीको नेतृत्व बस्नेतलाई दिएको बताइएको छ । उपाध्यक्ष भक्त केसी नेकपा एकीकृत समाजवादीमा लागेपछि सचिवले नेतृत्व लिनु परेको एमालेले जनाएको छ ।

यस्तै, आजैबाट संगठन विभाग प्रमुखको जिम्मेवारीमा उमेश गुरुङ, प्रचार विभागको प्रमुखमा प्रकाश अधिकारी, बुद्धिजीवी परिषद्को प्रमुखमा नरेन्द्रनाथ भट्टराई, अर्थ विभागको प्रमुखमा डा देवी क्षेत्री दुलाललाई तोकेको छ । यसभन्दा पहिलो संगठन विभागको प्रमुखमा महेश बस्नेत र प्रचार विभागको प्रमुखमा उमेश गुरुङ रहेका थिए ।

यस्तै, आजकै बैठकले अखिल नेपाल महिला संघको सह–इञ्चार्जमा रिपल राई, खेलकुद महासंघमा दीपक गौतम, सूर्योदय नगरपालिकाको इञ्चार्जमा महेश बस्नेत, इलाम क्षेत्र नं २ को इञ्चार्जमा नरेन्द्रनाथ भट्टराईलाई तोकिएको जनाइएको छ । जिल्लाबाट प्रदेश र केन्द्रको जिम्मेवारी पाएपछि जिल्लाका विभागको जिम्मेवारी फेरबदल गर्नुपरेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार