नयाँबजार । इलामको माईजोगमाईमा आयोजित अध्यक्ष कप छनौट प्रतियोगितको उपाधि वडा नं ६ प्याङले जितेको छ । आज सम्पन्न फाइनल खेलमा वडा नं ५ सोयाङ विरुद्ध टाइब्रेकरमा ४–२ गोल अन्तरले जित निकाल्दै प्याङले उपाधि आफ्नो पोल्टामा पारेको हो ।
निर्धारित समयमा दुवै टिमबाट २÷२ गोल भएको थियो । पहिलो हाफमा २–० ले पछि परेको अवस्थालाई उल्टयाउँदै सोयाङले खेल टाइब्रेकरसम्म धकेलेको थियो । खेलको १७ औ मिनेटमा जोसेफ राईले प्याङलाई अग्रता दिलाएका थिए । पुन :२५ औ मिनेटमा जासेफले अग्रता दोब्बर बनाए ।
खेलको ३७ औ मिनेटमा रोजन राईले गोल गर्दै अग्रता कम पारे । ४९ औ मिनेटमा सर्जन राईले गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि दुवै टिमबाट गोल भएन् । खेल दुवै हाफ ३०÷३० मिनेटको खेलाइएको थियो । खेलको विजेता तथा उपविजेता टिमलाई गाउँपालिका अध्यक्ष जितबहादुर राईले ट्रफी मेडल तथा प्रमाण बितरण गरे ।

खेल अवधिभर वेस्ट गोलकिपर माईजोगमाई–१ का सुजन फागो वेस्ट मिडफिल्डर माईजोगमाई–३ का सन्तोस राई, वेस्ट प्लेयर अफ टुर्नामेन्ट माईजोगमाई–६ का सुदिन थेवे र वेस्ट डिफेन्डर माईजोगमाई ५ का निर्मल राई चुनिए । उनिहरुलाई ट्रफी प्रदान गरिएको थियो ।
प्रतियोगिताबाट छानिएका खेलाडीहरुलाई समेटेर गाउँपालिका अध्यक्ष आमन्त्रित फुटबल लागि टिम बनाइने जनाइएको छ । फाइनल खेल अघि माईजोगमाई गाउपालिका कर्मचारी तथा प्याङ खेलकुद बिकास समिती बिच मैत्रीपुर्ण खेल भएको थियो । उक्त मैत्रीपुर्ण खेलमा प्याङ खेलकुद विकास समिति ३–० ले बिजयी बन्यो ।

विजेता टिमले गाउँपालिकाको तर्फबाट ५ हजार रुपैया प्राप्त गरेको छ । माईजोगमाई खेलकुद बिकास समिती अध्यक्ष देबु पौडेलको अध्यक्षतामा भएको समापन समारोहमा गाउँपालिका अध्यक्ष जित बहादुर राईको प्रमुख आतिथ्यता रहेको थियो । गाउँपालिका उपाध्यक्ष सावित्रा देवि भट्टराई, प्रमुख प्रशासकिय अधिकृत भागवत रेग्मीको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा जौवारीका शसस्त्र प्रहरी नायव निरिक्षक खडग बिक्रम राई, नयाँबजार प्रहरी चौकीका इन्चार्ज भुपेन्द्र थापा छ वटै वडाका अध्यक्ष, पत्रकार तथा तथा दर्शको बाक्लो उपस्थिति रहेको थियो । रेफ्रीलाई बल हस्तान्तरण गरेर माईजोगमा अध्यक्ष जित बहादुर राईले फाइनल खेलको उद्घाटन गरेका थिए ।