Local Sandesh बुधबार, कार्तिक १९ २०८३
  • ट्रेण्डिङ :

सडनडेथमा बिजयी बन्दै माङसेबुङ फाइनल प्रवेश

सडनडेथमा बिजयी बन्दै माङसेबुङ फाइनल प्रवेश

  • सन्देश सम्वाददाता
  • बिहिबार, मंसिर १६ २०७८


सडनडेथमा बिजयी बन्दै माङसेबुङ फाइनल प्रवेश
इलाम । इलामको माङ्सेबुङमा जारी १४ औ संस्करणको आत्मानन्द कपमा घरेलु टोली माङसेबुङ गाउँपालिका खेलकुद समिति इलाम फाइनल प्रवेश गरेको छ । आत्मानन्द खेलमैदानमा भएको पहिलो सेमिफाईनल खेलमा फिदिम स्पोर्टिङ क्लव पाँचथरलाई सडनडेथमा हराउदै माङसेबुङ फाइनल प्रवेश गरेको हो ।
जीतसंगै घरेलु टोलीले कम्तीमा २ लाख १ सय ६८ रुपैया पक्का गरेको छ । निर्धारित समयमा दुवै टोलीबाट १–१ गोल भएको थियो ।  पहिलो हाफको अतिरिक्त समयमा प्रविन राईले गोल गर्दै माङसेबुङलार्ई अग्रता दिलाएका थिए । तर ५५ औं मिनेटमा सुमन लिम्बूले गोल गर्दै फिदिमलाई बराबरीमा फर्काए ।
त्यसपछि दुवै टोलीबाट गोल हुन नसकेपछि सडनडेथबाट फाइनल प्रवेश गर्ने टोली छानिएको थियो । खेलको म्यान अफ द म्याच माङसेबुङका प्रवीन राई घोषित भए । प्रतियोगिता अन्तरगत आज (बिहिबार) अन्तिम सेमीफाइनल खेलमा  बिबिएफसी दमक, झापा र श्रीजंगा स्पोर्टिङ क्लव मोरङ विच हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार