Local Sandesh बुधबार, कार्तिक १९ २०८३
  • ट्रेण्डिङ :

आत्मानन्द कप : सेमीफाइनल समिकरण पुरा

आत्मानन्द कप : सेमीफाइनल समिकरण पुरा

  • सन्देश सम्वाददाता
  • बुधबार, मंसिर १५ २०७८


आत्मानन्द कप : सेमीफाइनल समिकरण पुरा

इलाम । इलामको माङ्सेबुङमा जारी १४ औ संस्करणको आत्मानन्द कपको सेमीफाइनल समिकरण पुरा भएको छ । अन्तिम क्वाटरफाइनल खेलमा मोरङ श्रीजंगा स्र्पोटिङ क्लब बिजयी भएसंगै सेमीफाइनल भिड्ने टिम पक्का भएको हो । श्रीजंगाले गत संस्करणको विजेता पाहुना टोली मानेभञ्ज्याङ फुटबल क्लब विरुद्ध ४–१ गोल अन्तरको सानदार जीत निकाल्न सफल रहयो ।

श्रीजंगाको जीतमा सनम भुजेलले ह्याट्रिक गरेका थिए । सन्तोष न्यौपानेले एक गोल गरे । मानेभञ्ज्याङका तर्फबाट निश्चल राईले सान्तवाना गोल फर्काए । श्रीजंगाले अब विहीबार हुने अन्तिम सेमिफाइनलमा बिबिएफसी क्लब झापा दमकसँगको भेट निश्चित गरेको छ । पहिलो सेमीफाइनलमा आज (बुधबार) माङसेबुङ गाउँपालिका खेलकुद समिति र फिदिम स्पोर्टिङ क्लब पाँचथरबीच प्रतिष्पर्धा हुनेछ ।

किरात धर्मगुरु आत्मानन्द लिङदेनको ६८ औं जन्मोत्सवका अवसरमा आयोजित प्रतियोगितामा पूर्वका इलाम, पाँचथर, झापा, मोरङ, सुनसरी र भारतको दार्जिलिङ गरी ८ टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको फाइनल शुक्रबार हुनेछ ।

विजेता टिमले नगद ३ लाख १ सय ६८ रुपैयाँ र उपविजेता टिमले नगद २ लाख १ सय ६८ रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र पाउनेछन् । व्यक्तिगत विधामा समेत पुरस्कार राखिएको छ । जन्मोत्सवको अवसरमा १७ मंसिरमा फुटबलका साथै अन्य विभिन्न किराती खेलहरु समेत सञ्चालन हुनेछ । धर्मगुरु लिङदेनको जन्मोत्सवमा बर्सेनि माङसेबुङमा आत्मानन्द गोल्डकप खेलकुद प्रतियोगिता संचालन हुँदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार