फिक्कल । सूर्योदय र सुर्यास्तको दृष्यका लागि देशकै पहिलो गन्तव्य हो इलामको श्रीअन्तु । तराईभन्दा नजिकै र सडकको सहजताका कारण दैनिक हजारौको संख्यामा मन भुलाउन आन्तरिक पर्यटक यहाँ पुग्ने गर्छन् । हुन त इलाममा धेरै पर्यटकीय गन्तव्यहरू छन् ।

श्रीअन्तु
तर अन्तुमा जस्तो सडकको सहजता सबै पर्यटकीय स्थलहरूमा छैन । हेर्दा निकै मनमोहक अन्तु डाँडामा सुर्योदय र सुर्यास्त अवलोकनको लागि आन्तरिक तथा बाह्य पर्यटकहरूको भिड लाग्ने गरेको छ । सूर्योदय नगरपालिकाको केन्द्र फिक्कल बजारबाट १४ किलोमिटर पूर्वमा रहेको श्रीअन्तुमा सडक, सञ्चार र खाना बस्नका लागि उल्लेख्य होमस्टे सञ्चालनमा छन् ।

श्रीअन्तु
होमस्टेको स्वाद चाख्न र कामको थकान मेटाउन पनि यहाँ बर्षेनी पर्यटक बढ्ने गरेको पाइन्छ ।

श्रीअन्तु

श्रीअन्तु