Local Sandesh सोमबार, साउन ११ २०८३
  • ट्रेण्डिङ :

नेपाली गोलरक्षक एन्जिलाको बायोपिक फिल्म बन्ने

नेपाली गोलरक्षक एन्जिलाको बायोपिक फिल्म बन्ने

  • नमीन ढकाल
  • मंगलबार, कार्तिक ३० २०७८


नेपाली गोलरक्षक एन्जिलाको बायोपिक फिल्म बन्ने

इलाम : नेपाली महिला राष्ट्रिय टोलीकी गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित बायोपिक फिल्म बन्ने भएको छ। नेपाली राष्ट्रिय टोलीकी पहिलो रोजाइकी गोलकिपर इलामको सूर्योदय नगरपालिकाकी एन्जिलाको जीवनमा आधारित रहेर केन्द्र मोसन पिक्चर्सले बायोपिक बनाउने भएको हो।

नेपालको यु–१४ हुँदै सन् २०१६ बाट सिनियर टोलीको पहिलो रोजाइको गोलरक्षक हुन्। २५ वर्षीया एन्जिलाले पनि आफ्नो बायोपिक फिल्म बन्ने लगभग निश्चित भएको प्रतिक्रिया दिइन्। ‘बायोपिक बन्ने कुरा अन्तिम चरणमा पुगेको छ,’ उनले भनिन्, ‘ सबै कुरा मिलाएर सुटिङ गर्ने भनेको छ।’

प्रेम श्रेष्ठ, केन्द्र लिम्बू, विनोद अग्रवाल र राजेश अग्रवालको लगानीमा बन्ने बायोपिकलाई मिलन चाम्सले निर्देशन गर्दैछन्। निर्देशक चाम्सले केही दिनपछि बायोपिकका अन्य कलाकार सार्वजनिक गर्ने बताए। कलाकारहरु छनौटको काम भइसकेको छ नेपालमा ख्याती पाएका कलाकारहरुलाई बायोपिकमा देख्न सकिनेछ ।’ चाम्सले भने ‘ केही दिनपछि प्रेस मिट गरेर औपचारिक रुपमा सार्वजनिक गरिनेछ ।’

चाम्सले नायिका सृष्टी केसीको बायोपिक ‘ब्लाइन्ड रक्स’ बाट उत्कृष्ट निर्देशकको पुरस्कारसमेत पाएका छन्। अन्तरजातीय विवाहको वास्तविक कथामा आधार रहेर ‘बबी’ फिल्मसमेत निर्देशन गरेका छन्। यसअघि नेपालमा खेलकुद सम्बन्धी चलचित्र बनेको भएपनि वास्तविक कथामा खेलाडी आफैंले अभिनय गरेका थिएनन्।

एन्जिलाको बायोपिक बन्ने भएपछि नेपाली खेलकुदमा विशिष्ट योगदान गरेका बैकुण्ठ मानन्धर, संगीना वैद्य, दीपक विष्टजस्ता खेलाडीको बायोपिक बन्ने सम्भावना रहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार