इलाम । इलामको सन्दकपुर गाउँपालिका–१, चाँपगैरीमा भाइले दाजुको धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् । सामान्य वादविवादका क्रममा स्थानीय ३० वर्षे चक्र मुखियाले दाजुु ३५ वर्षे इच्छा मुखियाको धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
सोमबार साँझ करिब ६ः४० बजेतिर आफ्नै काका मानबहादुर मुखियाको घरमा सबैजना मादक पदार्थ पिएर बसिरहेका बेला साामन्य वादविवाद भएको थियो । त्यही क्रममा चक्रले चक्कु प्रहार गर्दा इन्छाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्र श्रेष्ठले बताए ।
भाइको चक्कु प्रहारबाट गम्भीर घाइते इच्छाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएपछि देउरालीस्थित बन्दुके प्रहरी चौकी, बिब्ल्याँटे अस्थायी प्रहरी पोस्ट र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोलीले चक्कुु प्रहार गर्ने चक्रलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।