Local Sandesh सोमबार, साउन ११ २०८३
  • ट्रेण्डिङ :

सन्दकपुरमा आजबाट हरिबोधनी एकादशी महिला फुटबल

सन्दकपुरमा आजबाट हरिबोधनी एकादशी महिला फुटबल

  • किरण राई
  • शनिबार, कार्तिक २७ २०७८


सन्दकपुरमा आजबाट हरिबोधनी एकादशी महिला फुटबल

सन्दकपुर । इलामको सन्दकपुर गाउँपालिकामा आजबाट हरिबोधनी एकादशी महिला फुटबल प्रतियोगिता सुरु हुँदैछ । देउराली उद्यमशिल महिला संस्था सन्दकपुर १ र ३ को आयोजनामा सुरु भएको प्रतियोगितामा आज ३ खेल हुँदैछ ।

पहिलो खेलमा देउराली एफसी र नमुना एफसीबिच प्रतिस्पर्धा हुँदैछ । दोश्रो खेलमा एमआएर ए र टिटिसी छाँगे तथा अन्तिम खेलमा एमआएस बी र मिरिक एफसी माबु बिच प्रतिस्पर्धा हुँदैछ । प्रतियोगितामा इलामका ९ टोलीको सहभागिता रहेको छ ।

प्रतियोगिता सेभेन ए साइड खेलाइदैछ । बिजेताले नगद १५ हजार तथा उपबिजेताले ८ हजार प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, डिफेन्डर, गोलरक्षक र सर्वाधिक गोलकर्तालाई ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ ।

प्रतियोगिताको फाइनल खेल आगामी २९ गते हुने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार