Local Sandesh बुधबार, कार्तिक १९ २०८३
  • ट्रेण्डिङ :

टाइब्रेकरमा इलामको रोङ गाउँपालिका अभागी

टाइब्रेकरमा इलामको रोङ गाउँपालिका अभागी

  • सन्देश सम्वाददाता
  • बुधबार, कार्तिक २४ २०७८


टाइब्रेकरमा इलामको रोङ गाउँपालिका अभागी

इलाम । इलामको रोङ गाउँपालिका उपमेयर कप राष्ट्रिय महिला लिग छनौटको क्वाटरफाइनलबाटै बाहिरिएको छ । आज सम्पन्न खेलमा कैलालीको गौरीगंगा नगरपालिकासंग टाइब्रेकरमा पराजित बन्दै रोङको यात्रा क्वाटरफाइनलबाटै टुंगिएको हो । निर्धारित समयमा दुवै टिमबाट १–१ गोल भएपछि निर्णयको लागि टाइब्रेकर रोजिएको थियो ।

टाइब्रेकरमा ३–२ गोल अन्तरले जित निकाल्दै गौरीगंगाले सेमीफाइनलमा स्थान बनाउन सफल रहयो । खेलमा सुरुवाती अग्रता रोङले लिएको थियो । २६ औ मिनेटमा रोङकी कप्तान अनिता राईले गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन् । खेलको ६८ औ मिनेटमा गौरीगंगाकी तुलसा बोहराले खेल बराबरीमा ल्याइन् ।

त्यसपछि खेलमा दुवै टिमबाट गोल भएन् । दुवै टोलीबाट नेपाली राष्ट्रिय टोलीका केही खेलाडीहरु सहभागि थिए । यसअघि प्रि–क्वाटरफाइनलमा तुलसीपुर उपमहानगरपालिका माथि ४–१ गोल अन्तरको जित निकाल्दै रोङ क्वाटरफाइनल प्रवेश गरेको थियो । अहिले झापाको कनकाई नगरपालिकाले कैलालीको गोदावरी नगरपालिकासंग प्रतिस्पर्धा गर्दैछ ।

कुल १० टोली सहभागि नकाउटको बिजेता र उपविजेताले उपमेयर महिला लिगमा सहभागिताको अवसर पाउने छ । त्यहाँ उनीहरुले ३ विभागीय टोलीसंगै विराटनगर महानगरपालिका, चन्द्रपुर नगरपालिका, वालिङ नगरपालिकासंग प्रतिस्पर्धा गर्न पाउने छ ।

छनौट चरणको प्रतियोगिताको विजेताले ५ लाख नगद पुरस्कार पाउने छन् । यस्तै उपविजेताले ३ लाख र फेयर प्ले टिमले ५० हजार पाउने छन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले ५० हजार र विधागततर्फ उत्कृष्ट हुनेले समान २०÷२० हजार पाउने छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार