Local Sandesh बुधबार, कार्तिक १९ २०८३
  • ट्रेण्डिङ :

एवाईसी क्वाटरफाइनल प्रवेश

एवाईसी क्वाटरफाइनल प्रवेश

  • सन्देश सम्वाददाता
  • बुधबार, कार्तिक १७ २०७८


एवाईसी क्वाटरफाइनल प्रवेश

रोङ । सृजना युवा समूह रोङ २ को आयोजित प्रथम सृजना सामुदायिक बन गोल्डकपको अन्तिम प्रि–क्वाटरफाइनलमा एवाईसी फुटबल क्लब बुद्धशान्ति बिजयी बनेको छ । आयोजक टोलिलाई ३ –० गोल अन्तरले हराउँदै एवाईसी क्वाटरफाइनल प्रवेश गरेको हो ।

दोश्रो हाफमा बबिन बोहोराले ह्रयाट्रिक गदैै टिमलाई अघिल्लो चरणमा पु¥याए । खेलको म्यान अफ दि म्याच गोलकर्ता बोहरा घोषित भए । झापा र इलामका १२ वटा फुटबल क्लबको सहभागीता रहेको प्रतियोगितामा बिजेताले ५० हजार नगद ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ ।

उपबिजेताले ३० हजार नगद ट्रफी, मेडल तथा प्रमाण पत्र पाउने छ्न । रोङ २ बदमटारको शशी माबीको खेल मैदानमा हुँदै गरेको खेलको फाईनल कार्तिक २४ गते बुधबार हुने छ । भोलीको पहिलो क्वाटर फाईनल खेल कुवापानी फुटबल क्लब रोङ–६ र डुडाँमारी फुटबल क्लब झापा बीच हुने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार