फिक्कल । इलामे गायक रगुन गुरुङ र समिक्षा दाहालको स्वरमा रहेको सम्झनाको तरेलीमा बोलको गीत सार्वजनिक भएको छ । गुरुङले आफ्नो युट्युव च्यानल मार्फत गीत सार्वजनिक गरेका छन् । रिना वान्तवा राईको रचना रहेको गीतमा शिशिर काफ्लेले संगीत भरेका छन् ।
गीतमा प्रेम, मिलन र वियोगको कथा समेटिएको छ । सूर्योदय नगरपालिका–९ बरबोटे निवासी गायक गुरुङ पेशाले शिक्षक हुन् । उनले यसअघि आधा दर्जन भन्दा बढि गीत सार्वजनिक गरेका छन् । सोही वडाका बासिन्दा दाहाल नेपाल स्टारको टप ७ सम्म पुगेकी थिइन् । उनी नेपाल आइडल सिजन २ थिएटर राउण्डसम्म पुगेकी थिइन् ।