इलाम । जब कोही मन दिएर खेल क्षेत्रमा लाग्छ त्यसबेला उसले खेलकुदबाट भविष्य सुनिश्चित गर्ने सपना देख्छ । सपना पुरा गर्न वर्षौंसम्म दिनरात नभनी पसिना बगाउँछन्, आफनो लगनशिलता देखाउँछन् परिश्रम गर्छ, आएका अरु केही राम्रा अवसरहरु भन्दा खेलकुदलाई महत्व दिन्छन् । तर, जब आफ्नो मिहिनेतको फल प्राप्त नभएको र राज्यले पनि केही नगरेको अनुभूति गर्छ त्यसवेला विकल्पको खोजीमा लाग्छन् । अर्थात पलायनको बाटो रोज्न बाध्य हुन्छ । केही आफ्नो इच्छाले पलायनको बाटो राज्छ त कोही बाध्यताले ।
विश्व विजेता भारतीय क्रिकेट टोलीका एक सदस्य अहिले बाध्यताले पलायन भएर कुल्लीको काम गरिरहेका छन् । प्रसंग हो दृष्टिविहिन क्रिकेट विश्वकप बिजेता टोलीका सदस्य नरेश टुम्डाको । दृष्टि एकदमै कमजोर भएका गुजरातका टुम्डाले २०१८ मा भारतीय टोलीको सदस्यका रूपमा दिृष्टिविहीन क्रिकेट विश्वकप जितेका थिए । पाकिस्तानको सारजहाँमा पाकिस्तानलाई नै हराउँदै भारतले दृष्टिविहीन क्रिकेट विश्वकपको फाइनल उचालेको थियो ।
फाइनलमा पाकिस्तानले दिएको ३०८ रनको लक्ष्य भारतले एक ओभर बाँकी छर्दै २ विकेटको जित निकालेको थियो । त्यसअघि नेपाललाई ८ विकेटले हराउँदै भारत सेमीफाइनल पुग्ने पहिलो टोली समेत बन्न सफल भएको थियो । । भारतीय टोलीले विश्वकप जितेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिँदै राष्ट्रले गौरव गर्ने बताएका थिए
Congratulations to our cricket team for winning the 2018 Blind Cricket World Cup! They make the nation proud and inspire every Indian with their game as well as phenomenal attitude. True champions!
— Narendra Modi (@narendramodi) January 20, 2018
तर अहिले तीन वर्षपछि उनी जीविकोपार्जनको लागि नभसरीमा कुल्लीको काम गर्न बाध्य छन् । टुम्डाले धेरै ठाउँमा जागिरको लागि पनि निवेदन नदिएका पनि हैनन् । तर, कसैले उनलाई रोजगारी दिएन । उनी अहिले २९ वर्षका भए । यसअघि गत वर्ष उनी सागसब्जी बेच्ने गर्थे । तर, लकडाउनका कारण त्यो ब्यापार चलेन र उनलाई परिवार पाल्न सकस पर्यो । अनि उनले सब्जी बेच्न छोडे र कुल्लीको काम गर्न थाले ।
अहिले उनी निर्माणस्थलमा ज्यालादारीमा ईंटा बोकिरहेका छन् अन्तराष्ट्रिय समाचार एजेन्सी एएनआईले टुम्डालाई उद्धृत गर्दै भनेको छ ‘म एक दिनमा २५० रुपैयाँ कमाउँछु । म सरकार लाई आग्रह गर्दछु कि मलाई एक जागिर दिनुहोस् ताकि म आफ्नो जीविकोपार्जन गर्न सकौ । मेरा बुबा आमा बुढा हुनुहुन्छ । मेरो बुबा जागिरमा जान असमर्थ हुनुहुन्छ । म परिवारको एक मात्र कमाउने व्यक्ति हुँ ।’
टुम्डाले विश्वकप जित्दा आफुले जागिर पाउने विश्वास लिएको समेत बताएका छन् । ‘जब हामीले विश्वकप जित्यौं तब म धेरै खुसी थिएँ र सोचेँ कि म जागिर पाउँछु तर अहिले सम्म मैले जागिर पाएको छैन । म प्रधानमन्त्री लाई मेरो आजीविका को लागी एक जागिर उपलब्ध गराउन आग्रह गर्दछु ।’ उनले थपे ।
टुम्डा प्रतिभाशाली क्रिकेटर हुन् । उनले ५ बर्षको उमेरबाट क्रिकेट खेल्न सुरु गरेका थिए । पछि सन् २०१४ मा गुजरात टिम हुँदै भारतीय राष्ट्रिय टोलीमा छनौट भएका थिए ।