रोङ । सृजना युवा समूह रोङ २ को आयोजित प्रथम सृजना सामुदायिक बन गोल्डकपको तेस्रो प्रि-क्वाटरफाइनल मा कुवापानी फुटबल क्लब रोङ ६ बिजयी बनेको छ । शनिश्चरे फुटबल क्लबलाई १–० गोल अन्तरले हराउँदै कुवापानी फुटबल क्लब क्वाटरफाइनल प्रवेश गरेको हो । पहिलो हाफको १६औं मिनेटमा कुवापानीका प्रवेश तामाङले गरेको गोल नै निर्णायक भयो ।
खेलको म्यान अफ द म्याच कुवापानीका पवन राई घोषित भए । झापा र इलामका १२ वटा फुटबल क्लबको सहभागीता रहेको प्रतियोगितामा बिजेताले ५० हजार नगद ट्रफी, मेड्ल र प्रमाणपत्र पाउने छन् । उपबिजेताले ३० हजार नगद ट्रफी, मेड्ल तथा प्रमाण पत्र पाउने छ्न ।
रोङ २ बदनामटारको शशी माबीको खेल मैदानमा हुँदै गरेको खेलको फाइनल कार्तिक २४ गते बुधबार हुने छ । भोलीको खेल कान्दुक एफसी फिक्कल र खुदुनावारी स्पोर्ट्स क्लब झापा बीच हुने छ ।