Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

जमुनामा जारी कागे फुटबलमा आज ३ खेल सम्पन्न

जमुनामा जारी कागे फुटबलमा आज ३ खेल सम्पन्न

  • सन्देश सम्वाददाता
  • शनिबार, कार्तिक १३ २०७८


जमुनामा जारी कागे फुटबलमा आज ३ खेल सम्पन्न

सन्दकपुर । इलामको सन्दकपुर गाउँपालिका–५ जमुना जारी कागे फुटबल प्रतियोगितामा शनिबार ३ खेल सम्पन्न भएको छ । पहिलो खेलमा सुनाखरी फुटबल क्लवले नालीफुङ्वा फुटबल क्लब माबुलाई ८–२ को फराकिलो गोल अन्तरले पराजित गर्न सफल रहयो ।

दोश्रो खेलमा रेडपान्डा इङलाले सन्दकपुर युथ स्र्पोटिङ क्लबलाई ५–१ गोल अन्तरले हरायो । त्यसैगरी अन्तिम खेलमा लालीगुरासँ फुटबल क्लबले छिन्टापु स्र्पोटिङ क्लब माईमझुवालाई २–० ले हराउँदै अघिल्लो चरणमा आफ्नो स्थान सुरक्षित गर्न सफल बन्यो । निर्माणाधिन गजाधर धनमाया रङगशाला मा जारी प्रतियोगितामा विभिन्न क्षेत्रका १६ टिमको सहभागीता रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार