Local Sandesh बुधबार, कार्तिक १९ २०८३
  • ट्रेण्डिङ :

कुटिडाँडालाई हराउँदै अर्जुनधारा क्वाटरफाइनलमा प्रवेश

कुटिडाँडालाई हराउँदै अर्जुनधारा क्वाटरफाइनलमा प्रवेश

  • सन्देश सम्वाददाता
  • शनिबार, कार्तिक १३ २०७८


कुटिडाँडालाई हराउँदै अर्जुनधारा क्वाटरफाइनलमा प्रवेश

रोङ । सृजना युवा समूह रोङ-२ को आयोजित प्रथम सृजना सामुदायिक बन गोल्डकपको क्वाटरफाइनलमा अर्जुनधारा फुटबल क्लब प्रवेश गरेको छ । दोश्रो प्रि–क्वाटरफाइनलमा राईजिङ युथ क्लब कुटिडाँडालाई १–० गोल अन्तरले हराउँदै अर्जुनधारा क्वाटर फाईनल प्रवेश गरेको हो ।

पहिलो हाफको ३२ औं मिनेटमा अर्जुनधाराका सञ्जय भण्डारीले गरेको गोल नै निर्णायक बन्याे । खेलमा दुबै टोलीले केही राम्रा अवसरहरु सदुपयोग गर्न सकेनन् । खेलमा निर्णायक गाेलकर्ता भण्डारी म्यान अफ द म्याच घोषित भए । झापा र इलामका १२ वटा फुटबल क्लबको सहभागीता रहेको प्रतियोगितामा बिजेताले ५० हजार नगद ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजक कमिटीका सचिव सन्त तामाङले बताए ।

उपबिजेताले ३० हजार नगद ट्रफी, मेड्ल तथा प्रमाण पत्र पाउने छ्न । रोङ २ बदनामटारको शशी माविको खेल मैदानमा हुँदै गरेको खेलको फाईनल कार्तिक २४ गते बुधबार हुने छ । भोलीको खेल शनिचरे फुटबल क्लब झापा र कुवापानी फुट्बल क्लब रोङ ६ बीच हुने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार