आइतबारे । सुगौली सन्धिपछि इलामको पहिलो सदरमुकाम आइतबारे बजार क्षेत्रमा सडक कालोपत्रे गरिएको छ । विक्रम सम्बत १८७२ देखि १८७४ सम्म इलामको सदरमुकामकाम रहेको आइतबारे क्षेत्रमा पर्यटनको माध्यमबाट आयआर्जन वृद्धि गर्नका लागि पूर्वाधार निर्माणको काम थालिएको हो ।
सुगौली सन्धिपछिको इलामको पहिलो सदरमुकाम बसेको करफोक र आइतबारे क्षेत्र सुर्योदय नगरपालिका ११ मा पर्दछ । आइतबारे क्षेत्रबाट नामसालिङ हुँदै हालको इलाम बजार सदरमुकाम सारिएपछि गुमनाम जस्तै थियो ।

देशको संघीय संरचनामा आउनुअघि पञ्चकन्या गाविसमा पर्ने आइतबारेको अहिले मुहार फेरिँदै गएको छ । खलङ्गाले परिचित आइतबारेमा नागरिक गढिबाट अण्डा अदालत र प्रशासनिक काम सरेपनि लामो समय टिक्न सकेन ।
सोहि बजार क्षेत्रलाई पर्यटकीय केन्द्र बनाउने योजनाका साथ पूर्वाधार निर्माणको काम शुरु भएको छ । सुर्योदय नगरपालिकाले २ सय वर्ष अघि जिल्लाको केन्द्र रहेको आइतबारे क्षेत्रमा सडक कालोपत्रे समेत गरिएको छ ।

पूर्वाधार विकासले पर्यटकलाई आकर्षण गर्न र पर्यटनका माध्यमबाट आय आर्जनमा सहयोग पुग्ने भएपछि उत्साहा जगाएको स्थानीय शिक्षिका सुस्मा अधिकारी बताइन् ।
सूर्योदय नगरपालिकाले सुगौली सन्धि पछिको पहिलो बजार आइतबारे क्षेत्रको ३ सय ७१ मिटर सडक कालोपत्रे गरेको छ । ८० लाख १९ हजारमा ५७ स्टामेट रकम रहेको सडकको ५९ लाख ९५ हजारमा कालोपत्रे ठेक्का संझौता भएको थियो । बजार क्षत्रेको सडकमध्ये एक सय २० मिटर पक्कि ढलान र ३ सय ७१ मिटर कालोपत्रे गरिएको सूर्योदय नगरपालिकाका इञ्जिनियर कविन सापकोटाले बताए ।

नगरपालिकाबाट भएको कालोपत्रे सडक पाँच मिटर चौडा रहेको छ । सुगौली सन्धिपछि हालको दार्जिलिङ्गस्थित नागरिक गढिबाट इलाम जिल्लाको सदरमुकाम दुई वर्ष करफोक, आइतबारे क्षेत्रको पूर्णे डाँडामा सारिएको थियो । सुरक्षाको कारणले सदरमुकाम सुरक्षित नहुने अध्ययनपछि बिक्रिम सम्बत १८ सय ७५ सालमा नामसालिङ हुँदै इलाम बजारमा सदरमुकाम काम सारिएको थियो ।
