फिक्कल । इलामको रोङ गाउँपालिका उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगिताको नकाउट चरणमा प्रवेश गरेको छ । समुह ई को विजेताको रुपमा रोङले नकाउट चरण प्रवेश गरेको हो । आज भएको पहिलो खेलमा काठमाण्डौले हुम्लाको सिमकोट गाउँपालिकालाई ९–० ले पराजय गरेपनि रोङले अघिल्लो चरण प्रवेश पायो ।
दुई खेलमा चार अंक बटुलेको इलामको रोङ गाउँपालिका समूह ‘ई’ को विजेताको रुपमा नकआउट चरण प्रवेश गर्यो । समान खेलमा समान चार अंक भएपनि काठमाडौं गोलअन्तरमा अभागी बन्यो । । पहिलो खेलमा काठमाण्डौसंग गोलरहित बराबरी खेलेको रोङले सिमकोटलाई ११–० ले हराएको थियो । रोङलाई अघिल्लो चरण प्रवेश गराउन विभागीय टोलीका खेलाडीहरुले महत्वपुर्ण भुमिका खेले ।
एउटा टिमले ४ जनासम्म विभागीय खेलाडीसमेत अनुबन्ध गरेर सहभागी हुन पाउने नियम एन्फाले बनाएपछि रोङ गाउँपालिकाले आर्मीबाट ३ जना र सशस्त्र प्रहरीको गोलरक्षकलाई खेलाएको थियो। रोङको टिम नेपाली राष्ट्रिय महिला टोलीकी मिडफिल्डर दिपा राई र इन्दिरा राई, डिफेन्डर विमला बिक र गोलरक्षक रूपा रानालाई खेलाएको थियो ।
प्रतियोगितामा ३१ टोलीले प्रतिस्पर्धा गरेका छन् । सहभागी टोलीलाई एन्फाले १० समूहमा विभाजन गरेको छ । प्रतियोगिताको विजेता र उपविजेता टोली महिलाको राष्ट्रिय लिगमा छनोट हुनेछन् । यस्तै प्रतियोगिताको विजेताले ५ लाख नगद पुरस्कार पाउने छन् । यस्तै उपविजेताले ३ लाख र फेयर प्ले टिमले ५० हजार पाउने छन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले ५० हजार र विधागततर्फ उत्कृष्ट हुनेले समान २०÷२० हजार पाउने छन् ।