Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

एमाले माई– ४ को अधिबेशन अनिश्चितकालका लागि स्थगित

एमाले माई– ४ को अधिबेशन अनिश्चितकालका लागि स्थगित

  • सन्देश सम्वाददाता
  • सोमबार, कार्तिक ८ २०७८


एमाले माई– ४ को अधिबेशन अनिश्चितकालका लागि स्थगित

माई । नेकपा एमाले माई– ४ को प्रथम वडा अधिवेशन अर्को सुचना नभए सम्मका ‌लागि स्थगन गरिएको छ। वडामा प्रत्यासी अध्यक्ष लगायतका अन्य पदाधिकारीमा सहमति जुटन नसके पछि स्थगन गर्नु परेको निर्बाचन समितिका संयोजक प्रेम बहादुर बिक द्वारा हस्ताक्षरित सुचनामा जनाईएको छ।

३ सय ४ जना मतदाता रहेको माई–४ मा मतदानका लागि निर्बाचन प्रतिनिधि कम सहभागी भएको जनाउदै स्थगन गर्नु परेको जनाईएको छ। अध्यक्षका ३ आकांक्षी टेक बहादुर मगर, प्रेम प्रसाद दुलाल र जीत बहादुर केरुङको दाबेदारी भएपछी सहमतिका लागि शनिबार राति पनि स्थगन गरिएको थियो।

आईतबार बिहान देखि पुन अधिबेशन सन्चालनका लागि सुचना भए पनि अपरान्ह शुरु भएको अधिबेशनले २० महिला, १८ खुला र ७ दलित सहित ४५ सदस्यीय नगर प्रतिनिधि र वडा सचिब पदमा बिकास बास्तोला निर्बिरोध चयन गरेको थियो। वडामा उपाध्यक्ष–३, सहसचिव–३ लगायतको दाबिदारी रहेको छ । कार्तिक ६ गते शुरु भएको वडा अधिबेशनमा माईका अन्य नौ वटै वडामा सर्बसम्मत नेतृत्व चयन भई सकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार