Local Sandesh सोमबार, साउन ११ २०८३
  • ट्रेण्डिङ :

पहिरोले फिक्कल खानेपानीको ५० लाख भन्दा बढिकाे क्षति, पशुपतिनगर खानेपानी आयोजना समेत प्रभावित

पहिरोले फिक्कल खानेपानीको ५० लाख भन्दा बढिकाे क्षति, पशुपतिनगर खानेपानी आयोजना समेत प्रभावित

  • लोकल सन्देश
  • शनिबार, कार्तिक ६ २०७८


पहिरोले फिक्कल खानेपानीको ५० लाख भन्दा बढिकाे क्षति, पशुपतिनगर खानेपानी आयोजना समेत प्रभावित

इलाम । इलामको सुर्योदय नगरपालिका स्थित फिक्कल बजार र पशुपतिनगर खानेपानी आयोजनामा वर्षातका कारण क्षति पुग्दा आपुर्तिमा समस्या भएकाे छ । वर्षातका कारण पहिरो गएपछि मुहान र पाइपलाइनमा क्षति हुँदा दुई खानेपानी आयोजनाहरुमा प्रभावित भएका हुन् ।  पशुपतिनगर खानेपानी आयोजनाको चित्रे छेत्रमा पहिरो जाँदा आपुर्तिमा समस्या भएकाे जनाइएकाे छ ।

खानेपानीको स्टिल पाइपहरु बगाएर निक्कै क्षति पुगेको खानेपानी आयोजनाका सचिव कमल गदालले बताए । सो क्षेत्रमा समितिले मर्मतको काम थालेपनि मैयू खोलामा खानेपानीको वासआउट पुर्ण रुपमा बाढीले बगएकाले खानेपानीको समस्या रहेको छ । क्षति भएको क्षेत्रमा मर्मत सम्भारको काम शुरु भएपनि पूर्णरुपमा संचालन गर्न ५ दिनसम्म लाग्ने समितिले जनाएको छ ।


आयोजना मर्मतका लागि समितिका अध्यक्ष भिम राई कोषाध्यक्ष मिलन क्षेत्री र सचिब कमल गदाल संयुक्त नेतृत्वमा काम भइरहेको समितिले जनाएको छ । सूर्योदय नगरपालिकाको केन्द्र रहेको फिक्कल खानेपानी तथा सरसफाई उपभोक्ता समितिबाट संचालित खानेपानी आयोजनामा पनी क्षति पुगेको छ ।

बाढी पहिराेका कारण फिक्कल खानेपानी आयोजनाको ५० लाख बराबरको क्षति पुगेको उपभोक्ता समितिका अध्यक्ष दुर्गा बरालले बताए । बरालका अनुसार खानेपानी आयोजनाको सुर्याेदय नगरपालिका ९ को पान्दामदेखि मुहानसम्ममा ७ ठाउँमा पहिरोले पुगेको छ । आयोजनाको रुङसुङ्ग क्षेत्रमा ४ वटा पाइप बगाएको, पान्दाम क्षेत्रमा पाइप सोरिएको,भुल्केमा चार वटा पाइपसहित वासआवट बगाएको र छघरे क्षेत्रमा दुई वटा पाइप बगाएको छ ।

आयोजनाको बुढाथोकी गाउँ क्षेत्रमा ६ वटा पाइप झरेको र मुहान क्षेत्रमा चार वटा पाइप बगाएको अध्यक्ष बरालले बताए । पहिरोले धेरै क्षेत्रमा पाइप राख्ने ठेसवाल सहित बगाएकाले तत्कालिन अवस्थामा पानी चलाउन ७ दिन लाग्ने समितिले जनाएको छ ।

मुहान क्षेत्रमा पुग्ने सडक पोहिरोले क्षति गरेकाले नगरपालिकाले बाटो खुलाएमा चाँडै मर्मत हुने समितिले जनाएको छ । समितिबाट मर्मतका लागि प्राविधिक मुहान पुगेपनि सडक मर्मत नभएकाले निर्माण सामग्री पुग्न सकेको छैन । नगरपालिकाले सडक चाँडै खुलाए मर्मत चाँडै हुने समितिले जनाएको छ ।

पानी आपुर्तिमा समस्या भएपछि अहिले फिक्कल लगायतका मुख्य बजारमा ड्रममा ओसारे जम्मा गर्न थालिएको छ । बजार क्षेत्रका होटल व्यवसायीहरुले नजिकै मुहान क्षेत्रबाट पानी जम्मा गरिरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार