Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

इलाममा बाढिपहिरोमा परि एकै परिवारका ४ सहित १३ जनाको मृत्यु

इलाममा बाढिपहिरोमा परि एकै परिवारका ४ सहित १३ जनाको मृत्यु

  • सन्देश सम्वाददाता
  • बुधबार, कार्तिक ३ २०७८


इलाममा बाढिपहिरोमा परि एकै परिवारका ४ सहित १३ जनाको मृत्यु

इलाम । लगातारको वर्षापछिको बाढी र पहिरोमा परि इलाममा एकै परिवार ४ जना सहित १३ जनाको ज्यान गएको छ । पहिरोले पुरिँदा फाकफोकथुम गाउँपालिकामा मात्रै एकै परिवारका ४ सहित ६ जनाको ज्यान गएको हो । फाकफोकथुम–३ सल्लेरीमा एकै परिवारका ४ जनाको पहिरोले पुरेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

घरमाथिको ढिस्को खस्दा ८६ वर्षीय नैनसिंह कटुवाल, ८० वर्षीय रणजत्ता थापा, १५ वर्षीय निशान कटुवाल र १२ वर्षीय निश्चत कटुवालको ज्यान गएको हो । ३ जनाको शव निकालिसकिएको र नैनसिंहको शव निकाल्ने काम भइरहेको छ । २ तले घरको भुईंतलामा सुतेका उनीहरुलाई पहिरोले पुरेको थियो । माथिल्लो तलामा सुतेका समीक्षा र गोमा कुटुवाल भने बच्न सफल भएका छन् ।

फाकफोकथुम–१ ठिङ्गेपुरकी विना शेर्मा र १४ बर्षिय आइतबहादुर राईको पहिरोमा पुरिएर मृत्यु भएको छ । भान्स घरमाथिबाट खसेको पहिरो खस्दा उनीहरुको पुरिएर मृत्यु भएको हो । प्रहरी चौकी आमचोक र स्थानीयको सहयोगमा अन्य २ जनाको सकुशल उद्धार गरिएको छ ।

त्यसैगरी सूर्योदय नगरपालिकामा ३ जना ज्यान गएको छ । नगरपालिकाको वडा नं ३ जिल गाउँका ३८ बर्षिय बिष्णुमाया तामाङ र उनका छोरा १७ बर्षिय विशाल तामाङको मृत्यु भएको हो । त्यसैगरी सोही वडाकी नारायणी देवी मोतेको पहिरोले परिएको मृत्यु भएको छ ।

घरमाथिको पहिरोले आई बगाउँदा मोतेको परिवारको अन्य ३ जना सदस्यको सकुशल उद्धार गरिएको छ । माङ्सेबुङ गाउँपालिका–६ चिसोपानीमा पहिरोले पुरिएका ४ जना मध्ये २ जनाको शव प्रहरीले फेला पारेको छ । ५३ बर्षिय हरिप्रसाद राई र २९ बर्षिय कविता राईको शव फेला परेको छ । ८२ बर्षिय रनश्वरी राई र ५३ बर्षिय हरिमाया राई अझै फेला परेका नपरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

२५ बर्षिय जनम राई र ५८ बर्षिया भक्तकुमारी राई घाइते भएका छन् । लुटिमाया खोलाले बगाउँदा देउमाई नगरपालिका–२ की ४५ बर्षिया सरिता राईको मृत्यु भएको छ । माई न.पा. ३ बस्ने वर्ष २५ की तेजमाया राई बाख्रा चराउन गएका वेला वर्षाका कारण रूखको हाँगा भाँचिई घाइते भएपछि बी एन्ड सी अस्पताल झापामा उपचारकै क्रममा मृत्यु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार