Local Sandesh सोमबार, साउन ११ २०८३
  • ट्रेण्डिङ :

सन्दीप बने आईसीसी प्लेयर अफ द मन्थ

सन्दीप बने आईसीसी प्लेयर अफ द मन्थ

  • सन्देश सम्वाददाता
  • सोमबार, असोज २५ २०७८


सन्दीप बने आईसीसी प्लेयर अफ द मन्थ

इलाम । अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को सेप्टेम्बर महिनाको प्लेयर अफ द मन्थको उपाधि नेपाली लेग स्पिनर सन्दीप लामिछाने जितेका छन्। उनी आईसीसीकै प्यानल र खुला मतदानको मतअनुसार विजेता बनेका हुन्। आईसीसीको प्यानलमा पूर्वखेलाडी, पत्रकार तथा ब्रोडकास्टरको उपस्थिति रहेको हुन्छ।

आईसीसी प्यानलको मतभार ९० प्रतिशत र खुला ९अनलाइन भोटिङ०को मतभार १० प्रतिशत हुन्छ। लामिछाने पहिलोपटक यो अवार्ड जित्ने नेपाली खेलाडी हुन्। आईसिसीले गत बुधबार सेप्टेम्बर महिनाको उत्कृष्ट खेलाडी (प्लेयर अफ द मन्थ) को मनोनयन सार्वजनिक गरेको थियो।

मनोनयनमा सन्दीपसहित बंगलादेशका स्पिनर नासुम अहमद र अमेरिकी ब्याट्सम्यान जसकरण मल्होत्रा रहेका थिए। उनी अहमद र मल्होत्रालाई पछि पार्दै उपाधि जित्न सफल भएका हुन्। विश्वकप लिग-२ का लागि जारी त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले गत महिना ओमान भ्रमण गर्दा सन्दीपको प्रदर्शन उत्कृष्ट रहेको थियो। उनले ६ खेलमा १८ विकेट लिएका थिए।

बंगलादेशले अष्ट्रेलिया र न्युजिल्यान्डविरुद्ध पहिलोपटक टी-२० सिरिज जित्न स्पिनर नासुमले उत्कृष्ट प्रदर्शन गरेका थिए। त्यस्तै अमेरिकाका जसकरणले पपुवा न्युगिनीविरुद्ध कीर्तिमानी प्रदर्शन गर्दै १ सय २४ बलमा १ सय ७३ रनको इनिङ र एकै ओभरमा ६ बलमा ६ छक्का प्रहार गर्ने कीर्तिमान समेत बनाएका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार