Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

झापा र इलाम जोड्ने फाल्गुनन्द सडक चार महिनापछि यातायातका साधन संचालनमा

झापा र इलाम जोड्ने फाल्गुनन्द सडक चार महिनापछि यातायातका साधन संचालनमा

  • सन्देश सम्वाददाता
  • शनिबार, असोज २३ २०७८


झापा र इलाम जोड्ने फाल्गुनन्द सडक चार महिनापछि यातायातका साधन संचालनमा

इलाम । वर्षाले क्षति भएको सडक मर्मत गर्ने काम गरिएपछि झापाको दमकदेखि इलाम र पाँचथरको राँकेसम्म यातायातका साधन संचालनमा आएका छन् । चुरेको कमलो माटोका कारण पहिरो जाने हुँदा यातायातका साधन वर्षाका चार महिना ठप्प हुने गरेको छ ।

इलामको घर्ती दोभानदेखि झापाको बेलडाँगीसम्मको सडकको ट्रयाक खनिए पनि वर्षामा यो क्षेत्रमा अधिक पहिरो जाने गरेको छ । सडक डिभिजन झापा दमकले वर्षाको पहिरो सोर्ने काम गरेपछि अहिले गाडी कुद्न थालेको इलाम माङ्सेबुङ्गका व्यवसायी रोशन राईले बताए। झापासँग पूर्वी पहाडको प्रत्यक्ष सम्बन्ध जोड्ने तथा विकासको ठूलो सम्भावना बोकेको भनिएको बाटो स्तरोन्नती नहुँदा ७ महिनामात्रै गाडी संचालन हुन्छन् ।

पूर्वी पहाड र तराई जोड्ने सबैभन्दा छोटो दूरीको यो मार्गको ०४९ सालदेखि ट्रयाक खन्न थालिएको थियो । झापाको दमकदेखि पाँचथरको रवीसम्म ४५ किलोमिटर लामो सडकमा स्तरोन्नतीको काम गर्नुपर्ने हुन्छ । सडक स्तरोन्नती नहुँदा पश्चिमी इलाम र झापाका बासिन्दाहरुले वर्षामा दैनिक उपभोग्य सामाग्री ढुवानी गर्न, कृषि उपज बजारसम्म पु¥याउन र उपचारका लागि अस्पताल पुग्न समस्या भोग्दै आएका छन् ।

स्थानीय स्तरबाट निर्माण शुरु भएको सडक दमक डिभिजन झापाबाट स्तरोन्नतीको काम हुँदै आएको छ । दमकबाट पाँचथरको रबी राँके पुग्न ७७ किलोमिटर भए पनि सडक स्तरोन्नती नहुँदा मेची राजमार्ग भएर १७८ किलोमिटरको दूरीको यात्रा गर्नुपर्ने बाध्यता रहेको छ

प्रतिक्रिया
सम्बन्धित समाचार