इलाम । नेकपा माओवादी केन्द्र इलाम नगरपालिका–११ को अध्यक्षमा श्याम साम्पाङ राई (संघर्ष) निर्वाचित भएका छन । प्रथम वडा सम्मेलनबाट साम्पाङको नेतृत्वमा २९ सदस्यीय वडा कमिटि चयन भएको हो । उपाध्यक्षमा रेशम नेम्बाङ, सचिव जीवन घिसिङ, सहसचिव असल फागो र कोषाध्यक्षमा छाया राई निर्वाचित भएका छन् ।

नविन फागोको अध्यक्षतामा भएको वडा सम्मेलनमा पार्टीको जिल्ला समन्वय समिति सचिब बिजय खम्बुको प्रमुख आतिथ्यता र नगर अध्यक्ष प्रवाश शर्माको विशेष आतिथ्यता रहेको थियो । वडा सम्मेलनमा जिल्ला कार्यालय सचिव प्रकाश परियार, जिल्ला सदस्य दिपेन राइ (अर्जुन), जिल्ला सदस्य तथा योङ कम्युनिस्ट लिग नेपाल इलामका जिल्ला अध्यक्ष बिक्रम लिम्बू, नगर पार्टी सचीव तारानिधी घिमिरे, जिल्ला सदस्य गिताराम रसाइली, इलाम नगर इन्चार्ज कमल दुलाल, नेता नारद मणि साङ्गपाङ लगायतको आतिथ्यता रहेको जनाइएको छ ।