रोङ । एकिकृत समाजबादी पार्टीले संगठन विस्तारलाई तिब्रता दिएको छ । जिल्ला तथा गाँउ–गाँउमा संगठन विस्तार गर्दै आएको सो पार्टीले इलाममा पनि संगठन विस्तार गरिरहेको छ । सोही क्रममा शनिवार इलामको रोङ गाँउपालिकामा समेत पार्टीको संगठन विस्तार भएको छ ।
समाजवादी पार्टीको अध्यक्षमा युवा नेता शम्भु दाहाल चयन भएका छन् । ५१ सदस्यीय कमिटीको उपाध्यक्षमा रुद्र राई, सचिवमा प्रताप राई, सह–सचिवमा कुल्दिप खालिङ चयन भएका छन् । साथै गोपाल खतिवडाको नेतृत्वमा ७५ सदस्य युवा संघ पनि गठन भएको नवनिर्वाचित अध्यक्ष दाहालले जानकारी दिए ।
तत्कालिन नेकपा एमालेसंगको वैचारिक द्धन्द्धपछि पार्टी भित्र बिद्रोह भएसंगै इलामका अधिकांश युवाहरुको आकर्षण एकिकृत समाजवादी पार्टीमा रहेको अध्यक्ष दाहालले बताए । उनले देशको विकास र सहि नेतृत्वका लागि एकिकृत सामाजवादी रोज्नुको विकल्प नभएको उल्लेख गरे ।
एमालेका अध्यक्ष केपी ओलीले मनोपोली गरेका कारण पार्टी विभाजनको अवस्थामा पुगेको र पार्टी विभाजनको मुख्य दोषि ओली नै भएका आरोप समेत लगाए ।कार्यक्रममा सूर्योदय नगरप्रमुख तथा नेकपा एकिकृत समाजवादीका नेता रण बहादुर राई, जिल्ला समन्वय उपप्रमुख तथा नेकपा एकिकृत समाजवादीको इलामका उपाध्यक्ष चित्र बराइलीको उपस्थितिमा पालिका कमिटी गठन भएको हो ।

