Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

प्रेमेजुङ्गमा १५ केभीएको हटाएर ५० केभीएको ट्रान्सफर्मर जडान

प्रेमेजुङ्गमा १५ केभीएको हटाएर ५० केभीएको ट्रान्सफर्मर जडान

  • रोशन काफ्ले
  • बुधबार, असोज १३ २०७८


प्रेमेजुङ्गमा १५ केभीएको हटाएर ५० केभीएको ट्रान्सफर्मर जडान

नयाँबजार । माईजोगमाई गाउँपालिका–१ प्रेमेजुङ्गमा ट्रान्सफर्मरको क्षमता विस्तार गरिएको छ । यसअघि १५ केभीएको ट्रान्सफर्मर हुँदा बारम्बार विद्युत कटौतीको समस्या भोग्दै आएका स्थानीयले ५० केभीएको ट्रान्सफर्मर जडानपछि सहज रुपमा विद्युत उपयोग गर्न पाउने भएका हुन् ।

नेपाल विद्युत प्राधिकरण इलाम वितरण केन्द्रले गत आर्थिक बर्षमा गाउँपालिकासंगको समन्वयमा ट्रान्सफर्मरको क्षमता बढाएर विद्युत विस्तारलाई तिव्रता दिएको थियो । यसअघि १५ केभीएको ट्रान्सफर्मर रहेको प्रेमजुङ्गमा हाल ५० केभीएको राखिएको छ ।

जसबाट त्यस क्षेत्रका ९० घर परिवार लाभान्वित हुनेछन् । कम क्षमताको ट्रान्सफर्मर हुँदा बारम्बार विद्युत कटौतीको समस्या भोग्दै आएका स्थानीयले सहज रुपमा विद्युत उपयोग गर्न पाउने नयाँबजार फ्युज सेवाका इन्चार्ज खेम कार्कीले जानकारी दिए । धेरै घरले विद्युत खपत गर्दा धेरै बिग्रने लोड लिन समस्या हुँदै आएको थियो ।

नेपाल विद्युत प्राधिकरण इलामबाट प्राप्त एलटी तार र पोल गाउँपालिको सहयोगमा विस्तार गरिएको कार्कीले बताए । गत आर्थिक बर्षको असारमै ट्रान्सर्फमर उपलब्ध भए पनि कर्मचारीहरुलाई कोरोना संक्रमण विस्तारमा ढिलाई भएको जनाइएको छ ।

विद्युत विस्तारको बारेमा गाउँपालिका अध्यक्ष जीतबहादुर राईले निरिक्षण गर्दै आगामी मंसिरसम्म गाउँपालिकाको सवै क्षेत्रमा विस्तार सम्पन्न गरिने बताए । ५० केभीएको ट्रान्सफर्मर जडान भएसँगै स्थानीयले गाउँपालिका अध्यक्ष राई र कर्मचारीहरुलाई खादा लगाएर सम्मान समेत गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार