Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

ट्रकको ठक्करबाट नेपालटारमा सहचालकको मृत्यु

ट्रकको ठक्करबाट नेपालटारमा सहचालकको मृत्यु

  • सन्देश सम्वाददाता
  • बुधबार, असोज १३ २०७८


ट्रकको ठक्करबाट नेपालटारमा सहचालकको मृत्यु

इलाम : ट्रकले ठक्करबाट इलाममा सहचालकको मृत्यु भएको छ। मंगलबार राति पौने १० बजे इलामबाट पाँचथरतर्फ गइरहेको ना ५ ख ४९८७ नम्बरको ट्रकले इलाम नगरपालिका–१ नेपालटारमा खाना खानका लागि रोकिराखेको प्र १ ०१ ००१ ख ३४७१ नम्बरको मालबाहक ट्रकको सहचालक २३ वर्षीय राजेश नेपाललाई ठक्कर दिँदा मृत्यु भएको हो।

ताप्लेजुङको पाथीभरा याङवरक गाँउपालिका–६ थुम्बेदिनका राजेशको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। इलाका प्रहरी कार्यालय मंगलबारेको टोलीले ठक्कर दिने ट्रक चालक पाँचथरको हिलिहाङ गाउँपालिका–७ का ३४ वर्षीय सुकमान राईलाई नियन्त्रणमा लिएको छ। शवलाई कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमको लागि इलाम अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार