Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

चुलाचुलीमा लिम्बू भाषा पनि सरकारी कामकाजी भाषा

चुलाचुलीमा लिम्बू भाषा पनि सरकारी कामकाजी भाषा

  • लोकल सन्देश
  • मंगलबार, असोज १२ २०७८


चुलाचुलीमा लिम्बू भाषा पनि सरकारी कामकाजी भाषा

इलाम । इलामको चुलाचुली गाउँपालिका वडा नम्बर १ कार्यालयमा लिम्बू भाषा र किरात सिरिजंगा लिपिलाई सरकारी कामकाजी भाषाका रूपमा प्रयोगमा ल्याइएको छ। वडा कार्यालयले सोमबार घोषणा सभा गरी लिम्बू भाषा र किरात सिरिजंगा लिपिलाई कामकाजी भाषाको रुपमा प्रयोगमा ल्याएको वडाध्यक्ष पूर्ण लावतीले जानकारी दिए।

लिम्बू बाहुल बसोबास रहेको यस वडाले वडाभित्रका सरकारी कार्यालयमा लिम्बू भाषा र किरात सिरिजंगा लिपिलाई सरकारी कामकाजी भाषाको रुपमा मान्यता दिएको उनले बताए। लिम्बू भाषा र किरात सिरिजंगा लिपिलाई सरकारी कामकाजको भाषाका रूपमा प्रयोगमा ल्याउने काम चुलाचुली गाउँपालिकाको हकमा भने यो वडा भएको गाउँपालिका अध्यक्ष प्रदीपचन्द्र राईले जानकारी दिए।

प्रतिक्रिया
सम्बन्धित समाचार