Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलाममा फुलपातीको दिन मिनी म्याराथन हुने

इलाममा फुलपातीको दिन मिनी म्याराथन हुने

  • सन्देश सम्वाददाता
  • सोमबार, असोज ११ २०७८


इलाममा फुलपातीको दिन मिनी म्याराथन हुने

इलाम । इलाममा आगामी असोज २६ गते मिनी म्याराथन हुने भएको छ । इलाम नगरपालिका नगर खेलकुद विकास प्रतिष्ठानको आयोजनामा बडा दशैको अवसरमा फुलपातीको दिन १२ किलोमिटर दौड आयोजना गर्न लागिएको हो । इलाम नगरपालिका–३ पुवाखोलाबाट इलाम बजारसम्म म्याराथन दौड हुने प्रतिष्ठानका अध्यक्ष विनोद श्रेष्ठले बताए ।

खुल्ला रुपमा सहभागिता हुने प्रतियोगिताको बिजेताले नगद २० हजार रुपैया प्राप्त गर्नेछ । दोश्रो हुनेले १५ हजार, तेश्रोले १० हजार चौथो तथा सान्तवनाले ५ हजार तथा पाँचौ देखि दशौ स्थानसम्म आउनेलाई प्रोत्साहन स्वरुप २ हजार रुपैया प्रदान गरिने भएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार