Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

नयाँबजारमा आगामी असाेज १६ गते रामकुमारी झाक्री आउने

नयाँबजारमा आगामी असाेज १६ गते रामकुमारी झाक्री आउने

  • रोशन काफ्ले
  • आइतबार, असोज १० २०७८


नयाँबजारमा आगामी असाेज १६ गते रामकुमारी झाक्री आउने

नयाँबजार । नेकपा समाजवादी माईजोगमाई गाउँपालिकाको कार्यालय उद्धघाटन कार्यक्रममा पार्टीकी सचिव रामकुमारी झाक्री आउने भएकी छन् । आगामी असोज १६ गते माईजोगमाई गाउँपालिका–१ नयाँबजारमा स्थापना हुने पार्टी कार्यालय उद्धघाटन एवम कार्यकर्ता प्रशिक्षणका लागि झाक्री आउने जिल्ला सदस्य एवम माईजोगमाई गाउँपालिकाका अध्यक्ष जीतबहादुर राईले जानकारी दिए ।

सोही दिन नेकपा एकिकृत समाजवादीको गाउँपालिका कमिटिलाई समेत पुर्णता दिने तयारी रहेको छ । हाल नेकपा समाजवादीको अध्यक्ष र सचिव मात्र तोकिएको छ । नेकपा समाजवादीको गाउँपालिका अध्यक्षमा जीतबहादुर निरौला र सचिवमा प्रविन राईलाई चयन गरिएको छ । माईजोगमाईमा ६५ सदस्यीय गाउँपालिका कमिटि चयन हुनेछ ।

नेकपा एकिकृत समाजवादीका इलाम क्षेत्र नं १ संयोजक एवम जिल्ला सचिवालय सदस्य टेकबहादुर राई, जिल्ला कमिटि सदस्य एवम माईजोगमाई गाउँपालिकाका अध्यक्ष जीतबहादुर राई लगायतको उपस्थितीमा भएको भेलाबाट निरौला र राईलाई जिम्मेवारी तोकेको हाे ।

प्रतिक्रिया
सम्बन्धित समाचार