Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

कांग्रेस माई नगर सभापतिमा हेमबहादुर लिम्बु विजयी

कांग्रेस माई नगर सभापतिमा हेमबहादुर लिम्बु विजयी

  • सन्देश सम्वाददाता
  • शनिबार, असोज ९ २०७८


कांग्रेस माई नगर सभापतिमा हेमबहादुर लिम्बु विजयी

माई । नेपाली कांग्रेसको माई नगर सभापतिमा हेम बहादुर लिम्बु विजयी भएका छन। लिम्बले निकटतम प्रतिद्वन्द्वी ठगिन्द्र गिरी (पुष्प) लाई २५ मतले उछिन्दै विजयी भएका हुन। लिम्बूले ८८ मत प्राप्त गरेका छन भने गिरीले । ६३ मत प्राप्त गरेका छन ।  उपसभापतिमा डम्बर तामाङ र तुलसी तामाङ बिजयी भएका छन् ।

दुई जना उपसभापतिका लागि तीन जनाको उम्मेदवारी परेकोमा विजयी डम्बरले १ सय २५ मत र तुलसीले ८२ मत प्राप्त गरेका छन् । प्रतिस्पर्धी तारा चम्लागाईले ६९ मत पाएकी छिन् । त्यस्तै दुई जना सचिवका लागि चार जनाको उम्मेदवारी परेकोमा दिवाकर सिंह र गंगाराम काफ्ले (अर्जुन) विजयी भएका छन्।

सिंहले ८७ मत र काफ्लेले ७२ मत ल्याई विजयी बनेका हुन । उनीहरुका निकटतम प्रतिद्वन्द्वी धन बहादुर कार्कीले ६८ र मनिन्द्र राईले ६४ मत ल्याए । माईमा कांग्रेस नगर सहसचिव पदमा ३ जनाको प्रतिस्पर्धामा तुलसा चम्लागाई र पबित्रा बुर्जा मगर बिजयी भएका छन्। तुलसाले ९६ मत र बुर्जाले ८४ मत प्राप्त गरेका छन्। सह सचिवका उमेरद्वार दुर्गा शर्मा पोख्रेलले ८१ मत प्राप्त गरिन् । कुल १ सय ६७ जनाले मतदान गरेका थिए ।

नगर सभापतिका आंकक्षी हेम बहादुर लिम्बु डम्बर खड्का र केशब थापा निकट मानिन्छन् भने पुष्प गिरीलाई हिमालय कर्मचार्य र भेषराज आचार्य आफु निकट मान्छन् । जिल्ला सभापतिको टिम अनुसार नै नगरमा पनि टिम बनेको थियो । कांग्रेसको विधान अनुसार नगरमा एक नगरसभापति, दुई उपसभापति, दुई सचिव र दुई सहसचिव हुने ब्यवस्था छ भने निर्वाचित अध्यक्षले कोषाध्यक्ष मनोनित गर्ने ब्यवस्था रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार