फिक्कल । नेपाली कांग्रेस सूर्योदय नगरपालिकाको सभापति निर्वाचित भएपछि जीवन कुमार नेपालले कमजोर संगठनलाई चुस्तदुरुस्त बनाएर लग्ने बताएका छन् । उनले आफ्नो मुल लक्ष्य नेपाली कांग्रेसलाई सूर्योदयमा एकतावद्ध र संस्थागत बनाएर लग्ने नै रहेको बताए ।
लोकल सन्देशसंग कुरा गर्दै नेपालले कांग्रेसभित्रको मतान्तरलाई कम गर्दै लग्नै बताए । नेपाली कांग्रेसलाई व्यवस्थित गर्न गाउँगाउँमा संगठन विस्तार र भातृ संगठनहरुलाई परिचालन गरेर आफु अघि बढ्ने बताए । निकटतम प्रतिद्धन्द्धीहरुलाई समेटेर साथमा साथ काध मिलाएर अघि बढ्ने उनले बताए ।
कार्यकर्ताहरुले ठुलो आशा गरेकै कारण निर्वाचनमा जित हासिल गरेको बताउँदै नेपालले कार्यकर्ताहरुको भावनालाई ठेस नपु¥याई पार्टीलाई सुदृढ बनाएर अघि बढ्ने बताए । पार्टीको सभापतिको कार्यकाल सम्पन्न गरेर जाँदा अहिलेको अवस्था भन्दा नेपाली काँग्रेसलाई माथि उठाउँदै उचाईमा पु¥याउने बताए ।
https://www.facebook.com/Localsandesh/videos/1338736109870222/