माई । नेपाली काँग्रेस माई नगरपालिकाको सभापतिमा हेमबहादुर लिम्बुले अग्रता कायम राखेका छन् । १ सय मतको गणना सम्पन्न हुँदा लिम्बुले निकटतम प्रतिद्धन्द्धी ठगेन्द्र (पुष्प) गिरीलाई १९ मतले उछिनेका छन् । लिम्बुले ५५ मत प्राप्त गर्दा गिरीले ३६ मत पाएका छन् ।
उपसभापतिमा डम्बर तामाङले ८३ मत पाएका छन् । तुलसी तामाङले ५९ र तारा चम्लगाईले ३९ मत पाएकी छन् । सचिवमा दिवाकर सिंहले ५६ र धनबहादुर कार्कीले ४६ मत पाएका छन् । त्यसैगरी गंगाराम काफ्लेले ४० र मनिन्द्र राईले ३५ मत पाएका छन् ।
सहसचिवमा तुलसा चम्लगाईले ५७ मत पाएकी छन् । दुर्गा शर्मा पोखरेलले ५२ र पवित्रा बुर्जा मगरले ४८ मत पाएकी छन् । माई नगरपालिकामा १६७ मत खसेको थियो । पालिकाका १ नगर सभापति, २ उपसभापति, २ सचिव र २ सहसचिव निर्वाचित हुनेछन् ।