फिक्कल । नेपाली काँग्रेस सूर्योदयको नगर सभापतिमा जीवन नेपालले अग्रता कायम गरेका छन् । २ सय मत गणना हुँदा नेपालले ७९ मत पाएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी मणी गुरुङले ५७ मत पाएका छन् । त्यसैगरी सोनाम छिरिङ काजीले ५० मत पाएका छन् ।
उपसभापतिमा निर्मला अग्रवालले ७७ मत पाएकी छन् । ललित प्रधानले ७५, रमेश प्रधान .७० र राधिका क्षेत्रीले ६५ र देवान शाहले ३९ मत पाएका छन् । सचिवमा सुशील ढुङगेल ७४, अनुप राई ७३, रमेश सापकोटा ४९, जीवनकान्त न्यौपाने .३५, ठविराज ढुङगाना ३२ र जयप्रसाद बरालले २४ मत पाएका छन् ।
सहसचिवमा नवीन आचार्य.८९, मणि घिमिरे .५२, सहदेव प्रधान.५८, दुर्गा कुमारी कटुवाल .४६ र दुर्गाभवानी पोखरेलले ४७ मत पाएका छन् । सूर्योदयमा कुल २७० मत खसेको छ ।