Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

नेपाली कांग्रेस माईजोगमाई सभापतिमा नरेन्द्र देवान निर्वाचित

नेपाली कांग्रेस माईजोगमाई सभापतिमा नरेन्द्र देवान निर्वाचित

  • रोशन काफ्ले
  • शनिबार, असोज ९ २०७८


नेपाली कांग्रेस माईजोगमाई सभापतिमा नरेन्द्र देवान निर्वाचित

नयाँबजार । माईजोगमाई गाउँपालिकाको कांग्रेस सभापतिमा नरेन्द्र देवान निर्वाचित भएका छन् । बेदप्रसाद चापागाईलाई हराउँदै माईजोगमाई काँग्रेसको नेतृत्वा पाएका हुन् । देवानले ७९ मत प्राप्त गर्दा चापागाईले ४० मत मात्र प्राप्त गरे । उपसभापतिमा उमाकान्त भट्टराई र चन्द्रकुमार देवान निर्वाचित भएका छन् ।

भट्टराईले ९२ मत प्राप्त गर्दा देवानले ७३ मत प्राप्त गरे । अर्का उम्मेदवार राधाकृष्ण पोखरेलले ६० मत मात्र प्राप्त गरे । सचिवमा प्रदिप खड्का र देविप्रसाद अधिकारी निर्वाचित भएका छन् । खड्काले ८० मत प्राप्त गर्दा अधिकारीले ७८ मत पाए । रोहित थेवेले ५७ मत मात्र प्राप्त गरे ।

जम्मा १२१ मतदाता रहेको माईजोगमाईमा २ मत बदर भएको थियो । पालिका कार्य समितिमा १ सभापति, २ उपसभापति, २ सचिव र २ सहसचिवसहित प्रत्येक वडाबाट ३र३ सदस्य निर्वाचित हुने प्रावधान रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार