नयाँबजार । माईजोगमाई गाउँपालिकाको पर्यटकीय क्षेत्र थुम्केमा विद्युत विस्तार भएको छ । गाउँपालिकाको वडा नं २ र ६ को सिमानामा पर्ने क्षेत्रमा नेपाल विद्युत प्राधिकरण इलामले विद्युत विस्तार गरेको हो ।
माईजोगमाई गाउँपालिकासंगको समन्वयमा प्राधिकरणले छिपछिपे देखि थुम्केसम्म २१ वटा पोल गाडेर विद्युत विस्तार गर्ने काम भएकाे जनाइएको छ । विगत लामो समय देखि विद्युत प्रयोगमा सास्ती खेप्दैमा स्थानीय २० घर यसबाट लाभान्वित हुने छन् ।
