Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलाम नगरपालिकामा कभर्ड हल उद्धघाटन

इलाम नगरपालिकामा कभर्ड हल उद्धघाटन

  • लोकल सन्देश
  • शुक्रबार, असोज ८ २०७८


इलाम नगरपालिकामा कभर्ड हल उद्धघाटन

इलाम । इलाम नगरपालिकामा निर्माण सम्पन्न भएको कभर्ड हलको आज उद्धघाटन गरिएको छ । इलाम नगरपालिकाको लगानीमा वडा नं ७ कृषि बजार छेउमा निर्माण सम्पन्न भएको कभर्ड हालको आज नगर प्रमुख महेश बस्नेत र उपप्रमुख सुशिला नेम्वाङले संयुक्त रुपमा उद्धघाटन गरेका हुन् ।

इलाम नगरपालिकामार्फत संघीय सांसद विकास कोषको २५ लाख, नगरको १५ लाख र उपभोक्ताको १० लाख गरी ५० लाखको लागतमा कभर्ड हल निर्माण गरिएको उपभोक्ता समितिले जनाएको छ । नगर खेलकुद प्रतिष्ठानका अध्यक्ष विनोद श्रेष्ठको अध्यक्षता तथा नगर प्रमुख महेश बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कभर्ड हल उद्घाटन गर्दै प्रमुख बस्नेतले सीमित स्रोत साधनका बावजुत पनि खेलकुदलाई प्राथमिकता दिएर बजेट विनियोजन गरिरहेको बताए ।नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कालीबहादुर भुजेलले स्वागत गरेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्का, वडा नं ७ का वडाध्यक्ष नरेश श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए । कभर्ड हलमा व्याडमिन्टन लगायत विभिन्न इन्डोर खेलहरुको प्रशिक्षण हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार