Local Sandesh सोमबार, साउन ११ २०८३
  • ट्रेण्डिङ :

पहिरो पिडित थापालाई माईजोगमाई गाउँपालिकाको सहयोग

पहिरो पिडित थापालाई माईजोगमाई गाउँपालिकाको सहयोग

  • सन्देश सम्वाददाता
  • बिहिबार, असोज ७ २०७८


पहिरो पिडित थापालाई माईजोगमाई गाउँपालिकाको सहयोग

नयाँबजार । इलामको माईजोगमाई गाउँपालिकाले पहिरो पिडित दुर्गाबहादुर थापालाई आर्थिक सहयोग प्रदान गरेको छ । गाउँपालिकाले स्थापना गरेको आर्थिक सहायता कोषबाट थापालाई ३० हजार रुपैया सहयोग प्रदान गरेको हो ।

गत असारमा पहिरोबाट थापाको घर पुर्ण रुपमा क्षति पु¥याएको थियो ।  आज गाउँपालिका अध्यक्ष जीतबहादुर राईले थापालाई चेक हस्तान्तरण गरेको छन् । माईजोगमाईले गाउँपालिका क्षेत्रभित्रका विपदको सामना गरेको नागरिक र कडा रोगबाट थलिएकाहरुलाई उपचारमा सहयोग प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार