इलाम । इलाम नगरपालिकाका पुर्व प्रमुख प्रशासकिय अधिकृत महेन्द्र कुमार खाम्याहाङ्गले मरणोप्रान्त सम्मान पाएका छन् । सरकारले संविधान दिवसको अवसरमा विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्ति तथा संस्थाहरूलाई मानपदवी, अलंकार र पदकद्वारा विभूषित गर्दा उपसचिव खाम्याहाङलाई प्रवल जनसेवाश्री दिने निर्णय भएको हो ।
कोरोना भाइरसबाट खाम्याहाङ्गको गत जेठमा झापाको बिएन्डसी अस्पतालमा निधन भएको थियो । इलाम नगरपालिकामा रहँदा खाम्याहाङले घाटा रकमलाई परिपुर्ती गरेर चर्चामा आएका थिए । इलाम नगरपालिकाबाट मेचीनगर हुँदै अर्जुनधारा नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत रहेको बेला संक्रमण देखिएपछि उनको निधन भएको थियो । माम्लिङ गाउँपालिका–४ संखुवासभाका खाम्याहाङ्ग कुशल प्रशासकको रुपमा चिनिदै आएका थिए ।