Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

जलवायुको असर : २ सय ८५ प्रजाति लोप हुने जोखिम

जलवायुको असर : २ सय ८५ प्रजाति लोप हुने जोखिम

  • सन्देश सम्वाददाता
  • आइतबार, भाद्र २० २०७८


जलवायुको असर : २ सय ८५ प्रजाति लोप हुने जोखिम

काठमाडौं : प्रकृति संरक्षणका लागि काम गर्दै आएको अन्तर्राष्ट्रिय संगठन (आईयुसीएन) ले आफ्नो अस्तित्व सूचीमा राखेको एक लाख ३८ हजार ३७४ प्रजातिमध्ये करिब २८ प्रतिशत प्रजाति अब सदाका लागि लोप हुने उच्च जोखिममा रहेको जानकारी दिएको छ।

उचित बासस्थानको अभाव, अवैध चोरी शिकारी, र उनीहरूमाथिको अत्यधिक अतिक्रमणका कारण विश्वव्यापी बन्यजन्तुको प्रजाति तथा सङ्ख्यामा विगत केही दशकदेखि यो समस्या आएको हो। यसमा पछिल्ला बर्षहरूमा जलवायु परिवर्तन अर्को प्रत्यक्ष सरकोकारको बिषय बनेको छ।

‘रेड लिस्ट’ मूल्याङ्कनको लागि गरिएको अनुसन्धानको नेतृत्व गर्ने साइमन फ्रेजर विश्वविद्यालयका प्राध्यापक निकोलस डल्भीले एएफपीसँग भने, “सम्पूर्ण समूहको संरक्षण स्थिति खस्कँदै गइरहेको छ र लोप हुने खतरा भयावह दरले बढिरहेको छ ।”

विशेषज्ञहरूले निर्धारण गरेका जोखिममा रहेका जनावरको सूचीमा एक हजार २०० सार्क र जलचर प्रजातिहरूमध्ये ३७ प्रतिशत कडा हाड भएका जीव लोप हुने खतरामा रहेका छन्। यो सात वर्षअघिको तुलनामा एक तिहाइले वृद्धि भएको सङ्गठनले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार