Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

माईजोगमाईमा १८ बर्ष माथिका ३० प्रतिशतले खोपको मात्रा पुरा गर्दै

माईजोगमाईमा १८ बर्ष माथिका ३० प्रतिशतले खोपको मात्रा पुरा गर्दै

  • रोशन काफ्ले
  • बुधबार, भाद्र १६ २०७८


माईजोगमाईमा १८ बर्ष माथिका ३० प्रतिशतले खोपको मात्रा पुरा गर्दै

नयाँबजार । इलामको माईजोगमाई गाउँपालिकाले कोभिड विरुद्धको खोप अभियानलाई तिव्रता दिएको छ । १८ बर्ष भन्दा माथिका कुल जनसंख्याको आधारमा करीब ३० प्रतिशतले खोप लगाइने माईजोगमाई गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रामशंकर देवले जानकारी दिए । माईजोगमाई गाउँपालिकाका सबै वडामा जम्मा ४ हजार ३ सय ३६ डोज दुवै मात्रा कोभिसिल्ड र भेरोसेल तथा जोनसनको खोप लगाउँदैछन् ।

दोश्रो चरणको अभियान अन्र्तगत आजबाट जापान र चीनले अनुदानमा दिएको एष्ट्राजेनेका तथा भेरोसेल खोपको दोस्रो डोजको खोप गाउँपालिकाको विभिन्न स्वास्थ्य केन्द्र र खोप केन्द्रहरुमा हानिँदैछ । एष्ट्राजेनिका खोप ६५ बर्षभन्दा माथिका जेष्ठ नागरिक र भेरोसेल खोप ५० भन्दा माथिकालाई लगाइनेछ । सबै वडामा आजबाट गत फागुनमा ६५ बर्ष माथिकाले कोभिसिल्ड खोप पहिलो मात्रा हानेकाहरुले एष्ट्राजेनिकाको खोप हानेका हुन् ।

कुन वडा कतिले खाेपकाे मात्रा पुरा गर्दै

आगामी २१ गतेसम्म चल्ने खोप अभियानमा वडा नं १ को नयाँबजार स्वास्थ्य चौकीमा भेरोसेल ४ सय जोनसन २ सय ५० र एष्ट्राजेनिका २ सय ७५ डोज खोप लगाइने छ । वडा नं २ को जोगमाई स्वास्थ चौकीमा भेरोसिल २ सय ६ एष्ट्राजेनिका २ सय १० जोनसन १ सय ५० डोज लगाइनेछ । वडा नं ३ को नामसालिङ्ग स्वास्थ चौकीमा जोनसन १ सय ५५ भेरोसेल २ सय २ एष्ट्राजेनिका १ सय ५० डोज लगाइनेछ ।

वडा नं ४ को आधारभूत स्वास्थ चौकीमा भेरोसेल २ सय ३० डोज, एष्ट्राजेनिका १ सय ५० तथा जोनसन १ सय ८० डोज खोपको लगाइदैछ । वडा नं ५ को सोयाङ्ग स्वास्थ्य चौकीमा भेरोसेल ३ सय ४२ एष्ट्राजेनिका २ सय १० र जोनसन २ सय ५५ डोज लगाइने स्वास्थ्य शाखाले जानकारी दिएको छ । वडा नं ६ को प्याङ्ग प्राथमिक स्वाथ्य केन्द्रमा जोनसोन खोप ३ सय भेरोसेल १ सय ९४ र एष्ट्राजेनिका खोप २ सय १० डोज लगाइने भएको छ ।

त्यसैगरी कर्मचारी, प्रहरी पत्रकार, स्वास्थ्यकर्मी लगायत फ्रन्टलाइनमा खटिनेहरुलाई ४१० डोज खोप लगाइने छ । भदौ १९ र २० गते भेरोसेलको पहिलो डोज लगाएका ५० बर्ष माथिकाहरुलाई दोश्रो डोज दिइदैछ । भदौ २१ गते कक्षा १२ को परीक्षा दिन तयारीमा रहेका परिक्षार्थीहरुलाई प्रवेशपत्रको आधारमा खोप दिइने माईजोगमाई गाउँपालिका स्वास्थ कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार