Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

नेपालमा पहिलो रेडपाण्डा प्रजनन् केन्द्र इलामको सन्दकपूरमा तयार

नेपालमा पहिलो रेडपाण्डा प्रजनन् केन्द्र इलामको सन्दकपूरमा तयार

  • सुजन तिमल्सिना
  • मंगलबार, भाद्र १५ २०७८


नेपालमा पहिलो रेडपाण्डा प्रजनन् केन्द्र इलामको सन्दकपूरमा तयार

सन्दकपूर । बिश्वमै लोपउन्मुख बन्वयन्तु रेडपाण्डाको संरक्षण गर्न इलाममा प्रजनन् केन्द्र निर्माण भएको छ । रेडपाण्डाको संख्या वृद्धि गर्नका लागि प्रजनन् केन्द्र स्थापनाले वन्यजन्तुको माध्यमबाट पनि पर्यटक आवागमनमा समेत वृद्धि गर्ने योजना रहेको छ ।


इलामको सन्दकपुर गाउँपालिका १ को जंगलमा नेपालमै पहिलो पटक दुर्लभ रेडपाण्डाको ‘प्रजनन केन्द्र’ बनाउन भौतिक पूर्वाधार निर्माणको काम सकिएको छ । बिश्वमै लोप हुने अवस्थामा पुगेको रेडपाण्डाको संख्या वृद्धि गर्न र आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण गर्न प्रजनन् केन्द्र निर्माण गरिएको हो । समुन्द्र सहतबाट २ हजार चार सय मिटर अग्लो क्षेत्र टप्पुको २३ रोपनी जगंलमा प्रजनन केन्द्रमा आवश्यक पूर्वाधार बनाउने काम सकिएको छ ।


माघे सामुदायिक वन, टप्पु सामुदायिक वन र पाटेनागी सामुदायिक वन को क्षेत्रमा प्रजनन केन्द्रस्थलमा घेराबारा गर्ने काम सकिएको हो । संघीय सरकारको लगानीमा रेडपाण्डा बस्ने क्षेत्रमा घरेबारा, कार्यालय, शौचालय निर्माण र वृक्षारोपणको काम सकिएको छ । टप्पुमा रेडपाण्डाको बासस्थान, चरिचरन सहित प्रजनन केन्द्र स्थापना गरिएको सन्दकपूर गाउँपालिकाका अध्यक्ष उदय राईले बताए । नेपाल, भारत, भुटान, चिन, म्यानमार मात्रै पाइने रेडपाण्डाको संख्या वृद्धि गर्नु प्रजनन केन्द्रको मुख्य उदेश्य रहेको छ । चोरी सिकारी र संरक्षणको अभावमा लोप हुन लागेको रेडपाण्डा अवलोकनका लागि इलामको जमुनास्थित चोयाटार वन क्षेत्रमा पुग्ने पर्यटकको संख्या बढेपछि सन्दकपूर गाउँपालिकाको पहलमा प्रजनन् केन्द्र नै निर्माण थालिएको उपाध्यक्ष शोभा पराजुलीले बताइन् ।


प्रजनन् केन्द्र स्थापनाका लागि सरकारको एक करोड रुपैँया लागतमा पक्की घेराबारसहित तारजाली लगाएर पाँच सय ५० मिटर क्षेत्रफलमा निर्माणको सकिएको छ । सामुदायिक वन क्षेत्रको जमिनमा रेडपाण्डाको आहार मालिङगो, बाण्टे, भालुचिन्डे लगायतका वृक्षरोपण गरिएको छ । रेडपाण्डालाई लक्षित गरी ठाउँठाउँमा पोखरी निर्माण गरिने सन्दकपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश राईले बताए ।

प्रजनन् केन्द्र निर्माणमा सन्दकपुर गाउँपालिकाको २० प्रतिशत लागत साझेदारी छ । देशकै नमुना रेडपाण्डा जोन निर्माण गर्ने लक्ष्यका साथ रेडपाण्डा प्रजनन् केन्द्र निर्माण गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार