Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

प्लाष्टिक प्रतिबन्ध लगाउँदै रोङ गाउँपालिका

प्लाष्टिक प्रतिबन्ध लगाउँदै रोङ गाउँपालिका

  • सन्देश सम्वाददाता
  • मंगलबार, भाद्र १५ २०७८


प्लाष्टिक प्रतिबन्ध लगाउँदै रोङ गाउँपालिका

रोङ । फोहोरमैला व्यवस्थापनमा चुनौती थपिएपछि इलामको रोङ गाउँपालिकाले प्लाष्टिक प्रतिबन्ध लगाउने भएको छ । असोज १ गतेदेखि लागू हुने गरी सूचना पत्र जारी गर्दै रोङ गाउँपालिकामा सञ्चालन भएका पसल र सम्पूर्ण रोङबासीमा प्लाष्टिक पूर्णरूपमा बन्द गर्ने भएको हो ।

“फोहोरमैला व्यवस्थापनमा जुट्ने हाम्रो पालो यसका लागि सबैले गरौं हातेमालो ” भन्ने नाराका साथ प्लाष्टिक प्रयोगमा रोक लगाउने भएको छ । नियमलाई कसैले उल्लंघन गरेमा पसललाई १ हजार र व्यक्तिलाई १०० रुपैयाँ जरिवाना लाग्ने समेत उल्लेख गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार