Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

 इलामका ९ पालिकामा २१ थान कन्सन्ट्रेटर मेसिन हस्तान्तरण

 इलामका ९ पालिकामा २१ थान कन्सन्ट्रेटर मेसिन हस्तान्तरण

  • लोकल सन्देश
  • शुक्रबार, भाद्र ४ २०७८


 इलामका ९ पालिकामा २१ थान कन्सन्ट्रेटर मेसिन हस्तान्तरण

इलाम । धरानको बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानले इलामका  ९ स्थानीय तहलाई २१ थान अक्सिजन कन्सन्ट्रेटर मेसिन उपलब्ध गराएको छ ।प्रतिष्ठानका डा सोनीयाको पहलमा अमेरीकाबाट डा मार्टिनको आर्थिक सहयोग संकलन गरी प्रदेश १ मा पठाएको १ सय ७२ वटा मेसिन मध्ये इलामले २१ वटा पाएको हो ।

  शुक्रबार सूर्योदय नगरपालिकामा आयोजित एक कार्यक्रममा प्रतिष्ठानका डा बिवेक कट्टेलले कन्सन्ट्रेटर मेसिन नगर प्रमुख रण बहादुर राईलाई हस्तान्तरण गरे । कट्टेलका अनुसार इलामको सूर्योदय नगरपालिकालाई पाँचवटा, देउमाई र माई नगरपालिका संगै चुलाचुली र सन्दकपुर गाउँपालिकालाई प्रतिष्ठानले तीन/तीन वटाका दरले कन्सन्ट्रेटर मेसिन उपलब्ध गराएको छ ।  माईजोगमाई, रोङ, माङसेबुङ र फाकफोकथुम गाउँपालिकालाई १÷१ वटाका दरले कन्सन्ट्रेटर मेसिन उपलब्ध गराएको छ ।

मेसिन हस्तान्तरण गर्दे डा कट्टेलले कोरोना महामारीमा सहयोग गर्न पाएकोमा खुसी ब्यक्त गरे । उनले भने  ‘हाम्रो सानो सहयोगले धेरै नागरिकको ज्यान बचाउन सक्छ ।’ १० लिटर अक्सिजन भएको उक्त कन्सन्ट्रेटर एक पटक प्रयोग गरेर सकिए पछि भर्न कतै लानु नपर्ने भएका कारण पहाडी इलाका र दुरदराजका लागि प्रभावकारी हुने डा कट्टेलले जानकारी दिए ।

डा कट्टेलले कन्सन्ट्रेटर बितरण गरीएका पालिकाका कोभिड बिरामीलाइृ आगामी दिनमा सम्बन्धित पालिकामा पठाएर उपचार गराउन सहज हुने बताए । उक्त अक्सिजन कन्सन्ट्रेटर मेसिनको मुल्य प्रति गोटा १ लाख २५ हजार रहेको प्रतिष्ठानले जानकारी दिएको छ ।

मेसिन हस्तान्तरण कार्यक्रममा सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले कोभिडका बिरामीलाई पालिका भित्रै उपचार गर्न उक्त कन्सन्ट्रेटरले ठूलो सहयोग पुग्ने बताए । उनले प्रतिष्ठानले नगरको स्वास्थ्य संस्थालाई थप सहयोग गर्न आवश्यक रहेको पनि बताए । उदयपुर, भोजपुर र संखुवासभा बाहेकका सबै जिल्लामा कन्सन्ट्रेटर बितरण गर्ने काम भइरहेको जनाइएको छ ।

सूर्योदय नगरपालिकाका कोभिड–१९ फोकल पर्सन तथा जनस्वास्थ्य निरीक्षक बिपुल अधिकारीले नगरमा अव अक्सिजनको अभाव नहुने बताए । उनका अनुसार नगरमा यस अघि ११ वटा अक्सिजन कन्सन्ट्रेटर मेसिन रहेकोमा आज थप भएको संग १६ वटा पुगेको छ ।

यसअघि नगरको आइसोलेसन सेन्टर पशुपतिनगरमा ८ वटा र फिक्कलमा ३ वटा कन्सन्ट्रेट रहेका थिए । पशुपतिनगरमा रहेको कोभिड अस्थायी अस्पतालबाट हाल सम्म १ सय १३ जनालाई सेवा दिएको अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार